Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

वडाध्यक्ष सरकारी कागजात कीर्ते प्रकरणमा थुनामा

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

२१ कात्तिक, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाललाई सरकारी कागजात कीर्ते गरेको अभियोगमा भीमफेदी कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको छ।

बुधबार जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले दंगालविरुद्ध थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतका अधिकृत दिलीप राईका अनुसार दंगालले स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता कीर्ते गरी जग्गा पास गर्न नक्कली कागजात तयार पारेर सिफारिस गरेको अभियोग छ। उनलाई पक्राउ पुर्जी जारी भएको चार महिनापछि मात्र अदालतमा उपस्थित गराइएको थियो।

प्रहरीका अनुसार गुरुङका श्रीमान् एमसी परेराले गत असारमा दंगालसहित अन्य ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। गुरुङको नाममा रहेको ललितपुर, कीर्तिपुर, र चितवनका करोडौं मूल्यका जग्गा हत्याउने उद्देश्यले दंगालले नक्कली छोरा बनाएर कागजात तयार गरेको आरोप छ। प्रहरी अनुसन्धानले गुरुङको सम्पत्तिमा अनधिकृत रूपमा कब्जा गर्न दंगालसहितका व्यक्तिहरू संलग्न रहेको खुलाएको हो।

यस प्रकरणमा वडाध्यक्ष दंगालसहित वडा सचिव अनिशा श्रेष्ठ, नक्कली छोरा बनेका पूर्णबहादुर ब्लोन, र स्थानीय व्यक्तिहरू सानुमान थिङ, जितमान थिङ, जमानसिं भुलून, र रामबहादुर न्यासुरविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। यी व्यक्तिहरूले नक्कली कागजातमार्फत मृत्युदर्ता र नाताको प्रमाणित कागजातसमेत तयार पारेका थिए।

उक्त मुद्दामा संलग्न श्रेष्ठ, ब्लोन, र न्यासुरलाई यसअघि नै असार २१ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो।


  • Jigyasa media

थप