शुकदेव थपलिया काठमाडौं।
चीनको १५औँ पाँचवर्षीय योजना (२०२६–२०३०) ले कृषि आधुनिकीकरण, रोजगारी विस्तार र ग्रामीण पुनर्जागरणलाई एकीकृत रणनीतिका रूपमा अघि सारेको निष्कर्षसहित “China’s Opening-Up & Opportunities for Nepal: The Interpretation of China’s 15th Five-Year Plan” विषयक अन्तरक्रियात्मक कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ।
बत्तीसपुतलीस्थित तपस होटलमा आयोजित उक्त कार्यक्रममा चीनको विकास मोडेल, खुलापन नीति तथा त्यसबाट नेपालले लिन सक्ने आर्थिक, कृषि र रोजगारीसम्बन्धी अवसरबारे गहिरो छलफल गरिएको थियो। आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अध्यता रोयल आचार्य चीनको आर्थिक उदार नीति र नेपालले लाभ लिनसक्ने विषयमा चर्चा समेत गरेका थिए ।
कार्यक्रम Friends on the Cloud – Platform of Influencers, Nepal द्वारा आयोजना गरिएको हो।
कार्यक्रममा प्रस्तुत कार्यपत्र र छलफल अनुसार चीनको १५औँ पाँचवर्षीय योजना आर्थिक विकास, कृषि सुधार र रोजगारी स्थायित्वलाई एउटै रणनीतिक ढाँचामा अघि बढाउने दीर्घकालीन योजना भएको बताइएको थियो । योजना सन् २०२५ अक्टोबर २३ मा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट पारित भएको थियो ।
योजनाले सन् २०३५ सम्म समाजवादी आधुनिकीकरण हासिल गर्ने लक्ष्य लिएको, जसअन्तर्गत प्रतिव्यक्ति आयलाई मध्यम विकसित राष्ट्रको स्तरमा पुर्याउने दीर्घकालीन दृष्टि समेटिएको,कृषिमा प्रविधि र स्मार्ट विकासमा जोड दिएको,
कार्यक्रममा चीनले कृषि क्षेत्रमा अपनाएको उच्च प्रविधियुक्त विकास मोडेल विश्वव्यापी चर्चामा रहेको आचार्यले प्रस्तुत गरिएको कार्यपत्रमा प्रस्तुत गरिएको थियो।
१७ पेज लामो कार्यपत्रमा चीनको पहाडी र हिमाली भेग अनुकूल स्मार्ट कृषि यन्त्र र आधुनिक मेशिनरी प्रवर्द्धन
बीउ, डिजिटल कृषि र प्रिसिजन फार्मिङ मा अनुसन्धान
ड्रोन, इन्टरनेट अफ थिङ्स (IoT) र कृत्रिम बौद्धिकता (AI) को प्रयोग, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यापार जोखिमप्रति सहनशील कृषि प्रणाली, यी पहलले चीनलाई स्मार्ट, हरित र जोखिम-सहनशील कृषि अर्थतन्त्रतर्फ लैजाने लक्ष्य लिएको,
ग्रामीण पुनर्जागरण र शहरी–ग्रामीण एकीकरण
१५औँ योजनाले उत्पादन मात्र होइन, ग्रामीण जीवनस्तर सुधारलाई पनि मुख्य प्राथमिकता बनाएको, सडक, खानेपानी, बिजुली, सञ्चारजस्ता पूर्वाधार विस्तार सरसफाइ, फोहोर व्यवस्थापन र आवासीय वातावरण सुधार कृषि, प्रशोधन र सेवा क्षेत्र जोड्ने ग्रामीण उद्योग विकास कृषि पर्यटन र वनआधारित गैरकाठ उद्योग प्रवर्द्धन, प्रयोगविहीन जमिन र खाली घरको आर्थिक उपयोग, यी अभ्यास नेपालका ग्रामीण क्षेत्रका लागि पनि महत्वपूर्ण सिकाइ हुन सक्ने वक्ताहरूले औंल्याएका थिए।
किसान आय र खाद्य सुरक्षामा बलियो नीति योजनाले किसानको आम्दानी सुनिश्चित गर्न मूल्य समर्थन, अनुदान र कृषि बीमा सुदृढ ,अन्न उत्पादन क्षेत्रलाई विशेष क्षतिपूर्ति, अन्न खरिद प्रणाली र भण्डारण व्यवस्थापन सुधार,कृषि आयात विविधीकरण र उत्पादन-व्यापार समन्वय, जस्ता नीतिगत व्यवस्था अघि सारेको जानकारी दिइयो।
रोजगारी, सीप र श्रम सुरक्षामा एकीकृत दृष्टिकोण कार्यक्रममा चीनको योजनाले रोजगारीलाई सामाजिक स्थायित्वको आधार मानेको उल्लेख गरिएको थियो। स्नातक, वैदेशिक रोजगारी फर्किएका, पूर्वसैनिक लक्षित रोजगारी,लचिलो र नयाँ प्रकारका रोजगारी प्रवर्द्धन, आजीवन सीप तालिम प्रणाली,न्यूनतम ज्याला, सामूहिक तलब सम्झौता र श्रम विवाद समाधान संयन्त्र
नेपालका लागि श्रम बजार सुधार र सीप विकासमा यस्ता नीति उपयोगी हुने निष्कर्ष निकालिएको थियो।
कार्यक्रममा गण्डकी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघु काफले प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यपत्र रोयल आचार्य चिनियाँ विकास मोडेल,डा. मृचि रिजाल – वरिष्ठ रिसर्च कन्सल्टेन्ट, नीति अनुसन्धान प्रतिष्ठान, नेपाल लगायत ले कार्यपत्र माथि चिरफार गरेका थिए ।
कार्यक्रमको अध्यक्षता Friends on the Cloud – Platform of Influencers, Nepal का अध्यक्ष वरिष्ठ समाजसेवी सोभित उप्रेतीले गरेका थिए।
-
Jigyasanepal