Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी संकलन, बाढीपीडितका लागि सहयोग जुट्ने क्रम जारी

  •   १ महिना अघि | १६ भदौ २०८३, मङ्लबार

काठमाडौं । रसुवा बाढीपछि बाढी तथा विपद् प्रभावितको उद्धार र राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार सोमबार दिउँसोसम्म विभिन्न ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर सहयोग प्राप्त भएको छ। नेपाल राष्ट्र बैंकको सोमबारको विनिमय दरअनुसार उक्त रकम करिब ४८ करोड ६३ लाख ६२ हजार रुपैयाँ बराबर हुन्छ।

दुवै रकम जोड्दा राहत कोषमा हालसम्म ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी संकलन भएको हो।

प्रधानमन्त्री शाहले विभिन्न देश तथा संघसंस्थाबाट थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता प्राप्त भइरहेको जानकारी दिएका छन्। उनका अनुसार सरकारमार्फत विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउने काम भइरहेको छ।

सहयोगको विवरण सार्वजनिक गरिँदै

सरकारले राहत संकलन तथा वितरण प्रक्रियालाई पारदर्शी बनाउन ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालनमा ल्याएको छ। उक्त पोर्टलमार्फत स्वदेश तथा विदेशबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।

सरकारले बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत परिचालनसँगै आगामी पुनःस्थापना र पुनर्निर्माणका लागि समेत स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।

  • Jigyasanepal

थप