Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

उत्कृष्ट शब्द रचनाको अवार्डसहित पत्रकार बजगाईलाई राष्ट्रिय सम्मान

  •   १ वर्ष अघि | १० साउन २०८२, शनिबार

काठमाडौं ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितामा कलम चलाउँदै आएका अग्रज सञ्चारकर्मी नवराज बजगाईले शनिबार राजधानी काठमाडौंमा भव्य सम्मान प्राप्त गरेका छन्। पत्रकारिता, साहित्य र सामाजिक सेवामा पुर्‍याएको योगदानको कदरस्वरूप बजगाईलाई ‘ग्लोबल स्टार अवार्ड–२०२५’ अन्तर्गत ‘उत्कृष्ट शब्द रचना’ को विशेष अवार्डबाट विभूषित गरिएको हो।

नेपाल पुलीस क्लबमा सम्पन्न ‘मिस ब्युटिफुल नेपाल–१०’ तथा ‘मिसेस ब्युटिफुल नेपाल–९’ को ग्राण्ड फिनालेका अवसरमा आयोजित विशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

**‘नव क्षितिज साप्ताहिक’**को ‘रजत गीत – सुशासनका लागि’ नामक गीतमा बजगाईले लेखेको शब्दले समाजमा चेतना जगाउने गहिरो प्रभाव पारेकाले निर्णायक समूहले उनलाई उत्कृष्ट घोषित गरेको हो।


कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, चलचित्रकर्मी रमेश उप्रेती, मोहन निरौला, रमेश बुढाथोकी, पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठ, सांसद विष्णुकुमारी सापकोटा, कलाकार तथा कार्यक्रम निर्देशक टेकराज पाण्डे, र सांसद चन्द्र भण्डारीलगायत विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए। उनीहरूकै हातबाट बजगाई सम्मानित भए।

बजगाईले आफूले रचना गरेको गीतलाई दिइएको अवार्डले गीत लेखनमा थप आत्मबल मिलेको बताए। उनले भने, "यो सम्मान केवल व्यक्तिगत उपलब्धि होइन, पत्रकारिता र साहित्यको संगमले समाज परिवर्तनमा पुर्‍याउने प्रभावको प्रमाण हो।"

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–४ निवासी बजगाई हाल नव क्षितिज साप्ताहिक तथा राम्रो सन्देश डट कमका प्रधान सम्पादक, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, र काभ्रे अनलाइन मिडिया सञ्जालका सल्लाहकारको भूमिकामा क्रियाशील छन्।

सञ्चारकर्मसँगै समाजसेवा, साहित्य र कलाकारितामा पनि उत्तिकै सक्रिय बजगाई यसअघि पनि पत्रकारिता, सामाजिक रूपान्तरण र सिर्जनात्मक योगदानका लागि थुप्रै राष्ट्रियस्तरीय सम्मान प्राप्त गरिसकेका छन्।

  • Jigyasanepal

थप