Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

डेनिला कार्कीलाई मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि

  •   २ वर्ष अघि | १० कार्तिक २०८१, शनिबार

काठमाडौं – मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन्। शनिबार राति प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न ग्राण्ड फिनालेमा विवाहित महिलाहरूको सौन्दर्य र व्यक्तित्वको प्रतिस्पर्धामा कार्की विजेता घोषित भइन्। प्रमुख अतिथि माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले उनलाई पुरस्कार प्रदान गरेका थिए। यो उपाधि सँगै कार्कीले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्।

यस प्रतियोगितामा अन्य प्रमुख उपाधिहरू पनि प्रदान गरिएका थिए। मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले जितिन् भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले प्राप्त गरिन्। यी दुई विजेताहरूले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएका छन्।

यसैगरी, एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भए। प्रतियोगिता रिबन इन्टरटेनमेन्टद्वारा आयोजित गरिएको थियो।

यो कार्यक्रमले नेपाली महिलाको सौन्दर्य, आत्मविश्वास र व्यक्तित्वलाई उजागर गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न योगदान पु¥याएको छ।


  • Jigyasa media

थप