Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

ललितपुरमा हैजाको संक्रमण पुष्टि

  •   २ वर्ष अघि | १० साउन २०८१, बिहिबार

काठमाडौं, ललितपुर: ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थित सुधार केन्द्रमा चार जनामा हैजाको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणले यो तथ्यलाई प्रमाणित गरेको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. मुकेश पौडेलले यस बारेमा जानकारी दिएका छन्।


संक्रमित चारै जना युवा सुधार केन्द्रका हुन्। तीमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुई जनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र अर्को एक जना पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन्।


ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलका अनुसार, सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको थियो र परीक्षणपछि हैजा पुष्टि भएको हो। उनले झाडापखाला फैलिएको क्षेत्रमा संघ, प्रदेश, र स्थानीय तहको सहयोगमा संक्रमण रोकथामका उपायहरू अपनाइएको बताए।


डा. मुकेश पौडेलका अनुसार, सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको थियो र उक्त पानी दुषित भएको पाइयो। "इनारको पानीमा दिसाको जीवाणु देखियो," उनले भने, "त्यहीबाट हैजा फैलिएको हो।" उनले भागेका दुई जनालाई हैजाको प्रारम्भिक उपचार गरिएकाले उनीहरूबाट अन्यमा सर्ने सम्भावना कम भएको जानकारी दिए। साथै, उनले बर्खायामसँगै पानीजन्य रोगहरू बढ्ने भएकाले पानी उमालेर मात्र खान आग्रह गरेका छन्।

  • RSS

थप