Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

डेङ्गीको जोखिम बढ्दै, सरकारद्वारा १३ स्थानीय तहलाई विशेष सतर्कता पत्र

  •   ३ महिना अघि | २६ बैशाख २०८३, शनिबार

काठमाडौं, वैशाख २६ — देशका विभिन्न क्षेत्रमा डेङ्गी सङ्क्रमण देखिन थालेपछि सरकारले १३ स्थानीय तहलाई विशेष सतर्कता अपनाउन औपचारिक पत्राचार गरेको छ। वर्षायाम नजिकिँदै जाँदा डेङ्गीको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले स्थानीय तहलाई पूर्वतयारीमा जुट्न आग्रह गरेका हुन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल का अनुसार पुस महिनायता देशभर डेङ्गी संक्रमणको अवस्था अध्ययन भइरहेको छ।

उनले भने, “अन्य स्थानीय तहमा फाट्टफुट्ट संक्रमण देखिए पनि यी १३ स्थानीय तहमा पाँच जनासम्म संक्रमित भेटिएकाले विशेष सतर्कता अपनाउन पत्राचार गरिएको हो।”

📍 सतर्कता पत्र पठाइएका स्थानीय तह

सरकारले निम्न स्थानीय तहलाई विशेष निगरानी र सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छः

सिद्धिचरण नगरपालिका

भद्रपुर नगरपालिका

बिर्तामोड नगरपालिका

मेचीनगर नगरपालिका

कचनकवल गाउँपालिका

धरान उपमहानगरपालिका

बेनी नगरपालिका

भरतपुर महानगरपालिका

बुटवल उपमहानगरपालिका

हेटौँडा उपमहानगरपालिका

कमलामाई नगरपालिका

ललितपुर महानगरपालिका

🦟 कसरी फैलिन्छ डेङ्गी?

डा दाहालका अनुसार हालसम्म देशभर करिब ६ सय जनामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ। तर अहिले भइरहेको हल्का तथा छिटफुट वर्षाले तत्काल डेङ्गी फैलाउने जोखिम भने धेरै नरहेको उनको भनाइ छ।

उनका अनुसार डेङ्गी सार्ने ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने गर्छन्। त्यहीँबाट लार्भा विकसित भई वयस्क लामखुट्टे बनेपछि मानिसलाई टोक्दा डेङ्गी संक्रमण फैलिने गर्छ।

⚠️ स्वास्थ्यकर्मीको सुझाव

स्वास्थ्य विज्ञहरूले डेङ्गीबाट बच्न घर वरिपरि पानी जम्न नदिन, ट्यांकी तथा भाँडाकुँडा ढाकेर राख्न, लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन तथा ज्वरो आए तुरुन्त स्वास्थ्य परीक्षण गराउन सुझाव दिएका छन्।

पछिल्ला वर्षहरूमा नेपालमा डेङ्गी तीव्र रूपमा फैलिँदै गएको छ। विशेषगरी मनसुन सुरु भएपछि संक्रमण बढ्ने भएकाले सरकारले यसपटक प्रारम्भिक चरणमै निगरानी र नियन्त्रण अभियान तीव्र बनाएको जनाएको छ।

  • Jigyasanepal

थप