Breaking News
धुलिखेलमा स्कुटर दुर्घटना : २० वर्षीय युवकको ज्यान गयो    ||     खुर्कोट हिरासत मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीमाथि कारबाही सिफारिस    ||     काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना    ||     पनौतीमा श्रीमद्भागवत महायज्ञको कोषलाई लिएर विवाद    ||     सुनकोसीमा पौडी खेल्ने क्रममा दुई बालकको दुःखद मृत्यु    ||     सडकमा युवाको मृत्युयात्रा: हरेक दुई दिनमा १५ जनाको ज्यान जाँदा पनि किन रोकिँदैन दुर्घटना?    ||     हारको समीक्षा गर्दै एमाले पुनर्गठनतर्फ, बादलको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन    ||     संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम    ||     ६ जिल्लामा तातो लहरको चेतावनी, ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने सम्भावना    ||     अनित्य जीवन, असल कर्म र समाजप्रतिको उत्तरदायित्व    ||    

राजधानीको छायाँमा सडकमै सुत्केरी: गोदावरीमा एक महिलाले प्रहरीको सहयोगमा जन्माइन् शिशु

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, मङ्लबार

कैलाली, जेठ ६'बाँच्न पाइन्छ भन्ने भर छैन, जन्मिन पनि बाटो पर्खिनुपर्छ !' – यो भनाइ फेरि एकपटक चरितार्थ भएको छ, सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्लामा। राजधानीको नजिकै सडकमै एक महिलाले छोरालाई जन्म दिएकी छिन्।

यो कुनै दुर्गम पहाडी बस्तीको कथा होइन, स्वास्थ्य चौकी टाढा रहेको भिरपाखाको कथा होइन – यो हो, सुदूरपश्चिम प्रदेशकै राजधानी कैलालीको गोदावरी नगरपालिका–१ को वास्तविकता, जहाँ २४ वर्षीया चन्द्रा आचार्यले व्यथा लागेपछि अस्पताल पुग्न नपाउँदै सडकमै सुत्केरी हुनुपर्‍यो।

प्रहरीकै सहयोगमा सडकमै सुत्केरी

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, बिहान स्थानीयले प्रहरीलाई खबर गरे कि एक महिला व्यथाले लम्पसार परेकी छन्। प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका निर्देशनमा खैराना प्रहरी चौकीबाट पठाइएका महिला प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा ती महिलाले सडकमै बच्चा जन्माइन्।

"त्यहाँ पुग्दा उनी व्यथामा थिइन्, महिला प्रहरीको सहायताले त्यहीँ छोरालाई जन्म दिइन्," डीएसपी चन्दले भने।

श्रीमान भारतमा, श्रीमती सडकमै

चन्द्रा आचार्यको स्थायी घर बझाङको थलारा गाउँपालिका हो। उनी सुर्खेतको भेरीगंगा नगरपालिका–८ की बासिन्दा हुन्, र बझाङकै डम्बर जोशीसँग भागी विवाह गरेर अत्तरियामा डेरामा बस्दै आएकी थिइन्। श्रीमान डम्बर रोजगारीका लागि भारतमा छन्।

अहिले आमा र नवजात शिशुको पदम अस्पतालमा उपचार भइरहेको छ। सामाजिक सञ्जालमा घटनाको भिडियो भाइरल बनिरहेको छ भने, प्रहरी जवान चन्द्रिका देउवाको मानवीय सहयोगलाई व्यापक प्रशंसा गरिएको छ।

स्वास्थ्य पहुँचको आइना: राजधानीमा पनि 'सडकमै सुत्केरी'

सुदूरपश्चिमका दुर्गम बस्तीहरूमा गर्भवती महिलाको बाटोमै मृत्यु, अत्यधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान, अस्पताल पुग्न नसकेर उपचार नपाई बिरामीको मृत्यु – यस्ता खबर समय–समयमा आइरहेका छन्।

तर जब प्रदेशकै राजधानीमा, सडकमै बच्चा जन्मनुपर्ने बाध्यता आउँछ, तब स्वास्थ्य सेवा पहुँचको भयावहता थप स्पष्ट देखिन्छ। यस्तो अवस्थाले नीति निर्माताको ध्यान खिच्नुपर्छ कि आम नागरिक अझै पनि जोखिममा छन् – सहरभित्रै पनि।

  • Jigyasanepal

थप