Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सिलवालको कविताकृति ‘डोरम्याट’ माथि गहिरो परिचर्चा सम्पन्न

  •   २ वर्ष अघि | १७ चैत्र २०८१, आइतवार

काठमाडौं । कवि तथा सञ्चारकर्मी छविरमण सिलवालको कविताकृति ‘डोरम्याट’ माथि गहन परिचर्चा सम्पन्न भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा उत्पला क्याफे, बौद्धमा आयोजित कार्यक्रममा समकालीन नेपाली कविताको विविध पक्षमाथि चर्चा गरियो ।

परिचर्चाका क्रममा वरिष्ठ कवि कृष्ण बाउसेले ‘डोरम्याट’ लाई नेपाली जनताको बिम्बको रूपमा प्रस्तुत गरिएको उल्लेख गरे । उनले भने, "कृतिमा समेटिएका केही सुन्दर पर्यावरणीय दृष्टिचेत बोकेका कविताहरू प्रभावशाली छन् ।" उनले आगामी संस्करणमा आवरण अझै प्रतिकात्मक बनाउन सुझाव दिए ।

कवि तथा सम्पादक विमल भौकाजीले "डोरम्याट आयातित शब्द भए पनि नेपाली भाषा-साहित्यले यसलाई पूर्ण रूपमा आत्मसात गरिसकेको" बताए । उनले कृतिको सरल, सुललित भाषा र समसामयिक सन्दर्भप्रति ध्यान पुर्‍याइएको उल्लेख गरे ।


त्यस्तै, कवि आरएम डंगोलले "समकालीन नेपाली कविताको मूल प्रवाहमै लेखिएका काव्यहरू यस कृतिमा समेटिएको" बताए । उनले कविताको शिर्षक प्रतिकात्मक हुँदा अझ बलियो बन्ने धारणा राखे ।

कवि तथा साहित्यकार नवराज रिजालले पाठकीय टिप्पणी प्रस्तुत गर्दै "कविता जीवनसँग जोडिनुपर्दछ" भने । उनले "जनताको भावनामा शोषण गर्ने गलत प्रवृत्तिप्रति कविताले व्यङ्ग्य गरेको" बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा कृतिकार छविरमण सिलवालले "समाजका विभिन्न घटनाक्रमले आफूलाई कविता लेख्न प्रेरित गरेको" बताए । उनले परिष्कृत र परिमार्जित रूपमा आफ्ना सिर्जनाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा कवि विष्णु थापा, विश्व सिग्देल, पूर्णबहादुर श्रेष्ठले ‘डोरम्याट’ का केही कविता वाचन गरेका थिए । साथै, होमशंकर बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने केशव पराजुली, बेदराज पौडेल लगायतले आ-आफ्नो धारणा व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव साहित्यकार प्रदीप सापकोटाले गरेका थिए । मिडिया पार्टनर ‘इखवर नेट डटकम’ रहेको उक्त कार्यक्रम आफैं विरुद्धको आफैंको सहकार्यमा सम्पन्न भएको थियो ।

‘डोरम्याट’ भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कृति हो ।


  • Jigyasa media

थप