Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

दार्चुला कला साहित्य र किशनसिंह धामी व्यक्ति र कृति लोकार्पित

  •   ८ महिना अघि | १३ मंसिर २०८२, शनिबार

काठमाडौं। 

दार्चुला कला साहित्य र किशनसिंह धामी व्यक्ति र कृति दुई कृतिको लोकार्पण सम्पन्न भएको छ । 

नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा उक्त कृतिहरु वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा,डा.तारा निरौला,श्रीओम श्रेष्ठ रोदन,प्रा.डा खगेन्द्र लुइँटेल,किसनसिंह धामी,पवन आलोक,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,प्रमोद प्रधान,प्रा.डा.भरतकुमार भट्टराई,ज्ञानु अधिकारी कृतिकार नेत्रप्रसाद फुयल, लगायतले उक्त कृति लोकार्पित गरे।

प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले नेपाली भाषा,साहित्यमा गतिविधिहरु निरन्तर भैरहनुपर्नेमा जोड दिए ।उनले किशनसिंह धामीले डायस्पोरामा बसेर नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्नामा गरेको कार्यको प्रशंसा पनि गरे ।

कार्यक्रममा लोकार्पित कृतिहरुमाथि वरिष्ठ समालोचक प्रधान र प्रा.डा.भट्टराईले परिचर्चा गरे । 

कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा धामीको योगदानको चर्चा गरे । 

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा स्वागत मन्तव्य समाजका महासचिव प्रकाश घायलले राखेको उक्त कार्यक्रमको सञ्चालन सदस्य प्रदीप सापकोटाले गरेका थिए ।

कार्यक्रम औपचारिक रुपमा सुरु हुनुअघि सुदुर पश्चिम नेपालको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

  • Jigyasanepal

थप