Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

ऋषभ देव घिमिरेको अध्यक्षतामा राष्ट्रिकामा नयाँ कार्यसमिति चयन, संस्कृतिको संरक्षणमा जोड

  •   १ वर्ष अघि | १५ साउन २०८२, बिहिबार

काठमाडौं। राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारण सभाले ऋषभ देव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। राजधानीमा बिहीबार आयोजित सभामार्फत साहित्य, संस्कृति र सिर्जनात्मक नेतृत्वलाई संस्थागत गर्दै समितिको औपचारिक चयन गरिएको हो।

सभाबाट उपाध्यक्षमा डा. शान्तिमाया गिरी, महासचिव मधु पाठक, सचिव सुमन घिमिरे र कोषाध्यक्ष हरिवोल ढकाल चयन भएका छन्।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा सुष्मा आचार्य, छविरमण सिलवाल, डा. सृजना शर्मा र प्रदीप सापकोटा चयन भएका छन्।

संस्कृति संवादमा साहित्य र संस्कृतिबीचको सम्बन्धमाथि विमर्श

साधारण सभासँगै आयोजित संस्कृति संवाद कार्यक्रममा प्रमुख अतिथि प्रा. पुरुषोत्तम दाहालले साहित्य र संस्कृतिबीचको अन्तर्सम्बन्धमाथि प्रकाश पार्दै भने, “आजको युगमा साहित्यलाई संस्कृतिसँग जोडेर अघि बढाउनु अत्यावश्यक भइसकेको छ।” उनले असार १५ को पारम्परिक सन्दर्भलाई साहित्यिक रंग दिन राष्ट्रिकाले आयोजना गरेको कार्यक्रममा खुशी व्यक्त गरे।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन' ले नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उनले भने, “संस्कृति जोगाउने सवाल अब विलासिता होइन, अस्तित्वको आवश्यकता हो।”

शुभकामना मन्तव्य र प्रतिवेदन पारित

कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, प्रा. डा. जीवन अधिकारी, चिनिमायाँ माझीलगायत विशिष्ट व्यक्तित्वहरूले नव चयनित कार्यसमिति र प्रतिष्ठानको भावी मार्गचित्रप्रति शुभकामना व्यक्त गरेका थिए।

मधु पाठकको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष ऋषभ देव घिमिरेले नेतृत्व ग्रहण गर्दै नयाँ कार्यसमिति साहित्यको सिर्जनात्मक अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रतिष्ठानको आर्थिक तथा प्रगति प्रतिवेदन पनि सभाबाट पारित गरिएको थियो।

  • Jigyasanepal

थप