Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सुनकोशीद्धारा इम्बोष्ट नम्बर नेपाली भाषामा राख्ने व्यबस्था मिलाउन माग

  •   १ वर्ष अघि | ११ भदौ २०८२, बुधबार

काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानले सवारी साधनहरुमा राखिने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने निर्णयमाथि पुर्नविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

नेपाली भाषा,संस्कृति संकटमा पर्दै गएको आभास भैरहँदा हठात नेपाल सरकारले गरेको सवारी साधनहरुमा जडान गरिने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भाषामा हुनुपर्ने भन्ने निर्णय सच्याउन पनि आग्रह गरेको छ ।

अध्यक्ष छविरमण सिलवाल र महासचिव प्रदीप सापकोटाद्धारा संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ – ‘नेपालभित्र दर्ता भएका सवारी साधनहरुमा इम्बोस्ट नम्बर नेपालीमा नराखी अँग्रेजी नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषा, जुन सरकारी कामकाजको भाषा पनि हो यसको अबमुल्यन हुन जान्छ । साथै जनस्तर र विभिन्न संघसंस्थाहरुले समेत व्यापक विरोध जनाइ सकेको अबस्थामा सरकारले गरेको यो निर्णय सच्याउनुको विकल्प पनि छैन् ।’


प्रतिष्ठानले नेपालको संविधानको धारा ७ ले सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिने संबैधानिक व्यवस्था भएको तर्फपनि सरकारको ध्यानकर्षण गराएको छ ।

नेपाली भाषाप्रति अवमूल्यन गरिदै जाँदा नेपाली भाषा लोपोन्मुख हुने खतरा तर्फपनि विज्ञप्तिमा संकेत गरिएको छ ।

विज्ञप्तिमा ‘नेपाली सवारी साधनमा प्रयोग गरिने इम्बोस्ट नम्बर अंग्रेजी होइन् देवनागरी लिपि हुने गरी जडान गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

  • Jigyasanepal

थप