Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

खुपेन सुनुवारको कवितासङ्ग्रह सार्वजनिक

  •   १ वर्ष अघि | २६ जेष्ठ २०८२, सोमवार

बेलायत । खुपेन सुनुवारको कवितासङ्ग्रह 'ल्यान्डस्केपमा झुन्डिएको मौनता' लण्डनको सडबरीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । लेखकहरू गोपी सापकोटा, डा. सुमाया राई, काङमाङ नरेश राई , केदार संकेत, निर्भीकजंग रायमाझी तथा कवि खुपेनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै लेखक गोपी सापकोटाले कवि खुपेनले आफ्नो जीवन अनुभव र बाँचेको परिवेशलाई सरल भाषासहित सुन्दर चित्रण गर्न सफल रहेको बताए । अर्का वक्ता काङमाङ नरेश राईले खुपेनको एउटै कवितामा इतिहासदेखि आख्यानसम्म र भौतिकतादेखि दर्शनशास्त्रसम्म अटाएको उल्लेख गरे । लेखक सुमाया राईले खुपेनको कविताहरूले मानवीय अस्तित्वको खोज गर्दै जीवनको सार्थकतामाथि जोड दिएको धारणा राखिन् ।


'माया पब्लिकेशन' काठमाडौंले प्रकाशित गरेको कवितासङ्ग्रहमा ६८ थान कविताहरू समेटिएका छन् । रामेछाप मूल घर भएका कवि खुपेन एक दशकदेखि युके बस्दै आएका छन् । यसअघि उनको गीति–कविता 'ब्लु–नोट' प्रकाशित  छ ।

'नेपाली बुक्स युके' तथा 'साहित्य–संगालो युके'को संयुक्त आयोजनामा भएको कार्यक्रममा युकेमा रहेका नेपाली साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

  • A

थप