Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा विश्व कविता दिवस भव्य रूपमा मनाइयो

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानले राजधानीमा विशेष कविता वाचन कार्यक्रम गर्दै विश्व कविता दिवस उल्लासपूर्ण रूपमा मनाएको छ।

शुक्रबार आयोजित कार्यक्रममा कवि विमल भौकाजीको प्रमुख आतिथ्यतामा ख्यातिप्राप्त स्रष्टाहरूले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गरे। वाचनमा सहभागी हुने सर्जकहरूमा छविरमण सिलवाल, हरिष कल्पित, सुमन सौरभ, प्रदीप सापकोटा, तारा के.सी., प्रेम थापा, गंगा खतिवडा, शशीश्री आचार्य लगायतका कविहरू रहेका थिए।


समसामयिक विकृति, विसंगति विरुद्धको चेतना तथा प्रेम, सद्भाव, र भावनात्मक अभिव्यक्तिले भरिएका कविताहरू कार्यक्रममा प्रस्तुत गरिए।

कार्यक्रमका प्रमुख अतिथि कवि विमल भौकाजीले कविता केवल लेखिने वस्तु नभई मनका भावनाहरू प्रकट गर्ने प्रभावशाली माध्यम रहेको उल्लेख गरे।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कार्यक्रमको अध्यक्षता गर्दै संस्थाका गतिविधिबारे जानकारी दिँदै सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे।

महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य इखवर नेटका प्रबन्ध निर्देशक बसन्तराज नकर्मीले व्यक्त गरेका थिए।

मिडिया पार्टनरको रूपमा इखवर नेट रहेको यो विशेष कार्यक्रम कविता प्रेमीहरूका लागि स्मरणीय बन्यो।


  • Jigyasa media

थप