Breaking News
देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना — केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||    

जोशी र लाकोजू सम्मानित

  •   २ वर्ष अघि | ३० भदौ २०८१, आइतवार

काभ्रे । संस्कृति शिराेमणि हरिराम जाेशी र संस्कृतिविद् एवम् साहित्यकार सूर्यप्रसाद लाकाेजू हालै एक समारोह बिच सम्मानित भएका छन् ।
संस्कृतिबिद ज्ञानकाजी मानन्धर र उनका पिता माेहनलाल खिँकाे स्मृतिमा स्थापित ज्ञानकाजी- मोहनलाल खिं स्मृति सेवा कोषले उहाँहरूलाई सम्मान गरेको हो । अक्षयकोष स्थापनासँगै पहिलो पटक कोषबाट संस्कृति शिराेमणि जाेशी र संस्कृतिविद् लाकाेजू सम्मानित भएका हुन् । सम्मानितमध्ये जाेशीलाई ज्ञानकाजी- माेहनलाल खिं इतिहास गाैरव सम्मान र साहित्यकार एवम् संस्कृतिविद् सूर्यप्रसाद लाकाेजूलाई ज्ञानकाजी- माेहनलाल खिं संस्कृति गाैरव सम्मान नगद रू पन्ध्र हजारसहित प्रदान गरिएको थियाे । 


सो सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रा डा. पुरूषाेत्तमलाेचन श्रेष्ठले दुबैलाई सम्मान अर्पण गरेका थिए । कार्यक्रममा उनले मानिसलाई चिरकालसम्म चिनाउने उसको असल कर्म हुने उल्लेख गर्दै स्व. ज्ञानकाजी मानन्धर इतिहास र संस्कृतिमा ठूलो योगदान गरेका व्यक्ति भएको बताए । एक अर्को प्रसङ्गमा प्रा. डा. श्रेष्ठले काभ्रेका ज्ञानकाजी मानन्धर, माेहन दुवाल, सूर्यप्रसाद लाकाेजूका साथै इतिहासविद् हरिराम जाेशी राष्ट्र रत्न रहेकाे चर्चा गरे । 
कार्यक्रममा वरिष्ठ साहित्यकार माेहन दुवालले राष्ट्रले सम्मान गर्नुपर्ने व्यक्तिलाई परिवारले नै सम्मानस्वरूप काेष स्थापना गरेकाे बताए । उनले साे काेष स्थापनाले राज्यलाई नै मार्गनिर्देशन गरेकाे स्मरण गरे । उनले सम्मानित व्यक्तिकाे याेगदानबारे चर्चा गरेका थिए ।

सम्मानित संस्कृति शिराेमणि हरेराम जाेशीले स्व. ज्ञानकाजी मानन्धरले पुर्याएकाे याेगदानसँगै उनकाे आनीबानी र संगतबारे स्मरण गरे भने सम्मानित संस्कृतिविद् लाकाेजूले सांस्कृतिक निबन्धहरू लेखनकाे प्रेरक व्यक्ति स्व. मानन्धर रहेकाे बताए ।
कार्यक्रममा ईमेज च्यानलका सञ्चालक रघुवर मानन्धरले स्व. संस्कृतिविद् मानन्धरकाे याेगदानकाे स्मरण गरे । उनले स्व. मानन्धर काभ्रेको नक्षत्र रहेकाे चर्चा गरे । त्यस्तै ज्ञानकाजी मानन्धरका छाेरा प्रकाश मानन्धरले स्व. मानन्धरले शिक्षा, साहित्य, संस्कृतिकाे क्षेत्रमा उल्लेखनीय योगदान गरेको र हजुर बुबा माेहनलाल खिँले कला, साहित्य, नाटक, ज्योतिष आदिमा विशेष याेगदान रहेकाे स्मरण गर्दै रू १० लाख रूपैयाँकाे अक्षयकोष स्थापना भएको घोषणा गरे । कार्यक्रममा ज्ञानकाजी मानन्धरका छोरा भुवन मानन्धर, श्रेया मानन्धर, शुभलक्ष्मी मानन्धर लगायतले मन्तव्य राखेका थिए ।

  • Jigyasa media

थप