Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

राजेश ढुंगानाको मुटु फलाम भएर लोकार्पित

  •   ४ महिना अघि | ३० जेष्ठ २०८३, शनिबार

काठमाडौँ। अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह मुटु फलामको भएर को लोकार्पण भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे,कृष्ण धारावासी,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,पवन आलोक,कवि ढुंगाना दम्पति लगायतले कृति लोकार्पण गरे । 

प्रमुख अतिथि वरिष्ट साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाईँ दिँदै पुराना दिनहरु स्मरण गरे । उनले भने हराएको कविले फेरी सिर्जना लिएर आएकोमा खुशी छु । उहाँले हिजोको प्रजातान्त्रिक आन्दोलनको पक्षमा  समसामयिक विषयमा लेखहरु निरन्तर लेखेर योगदान गर्नुभएको थियो ।

प्रा.डा.गौतमले कवि ढुंगानामा मितव्ययी भाषामा गहिरो कुरा भन्न सक्ने सामाथ्र्य भएका कविको रुपमा आफुले पाएको बताए । कवि विन्दास स्वभावका रहेकोमा उनले जोड दिए । उहाँको कविता वेदका मन्त्र पढेजस्तै छन्,जसले व्याख्या गर्दैनन्,संकेत मात्र गर्छन् । कविताको मूल स्वर बिद्रोह र असन्तुष्टीतर्फ सुनिन्छन् । कतै कवि प्रेम बोल्छन् । प्रा.डा.गौतमले भने ।  कोमल तत्व र कठोर तत्व दुबै उत्तिक्कै कवितामा पाएको भन्दै उनले भने,मृत्यूचिन्तन,प्रेमचिन्तन,देश चिन्तन,समय चिन्तन र आफैँमाथि चिन्तन गरेर कविता सिर्जना भएका छन् । कवितामा सरल बिम्व भैकन पनि गहिरा भाव अभिव्यक्त गर्ने सामाथ्र्यका भएकामा प्रा.डा.गौतमले जोड दिए । 

कार्यक्रममा समाजका संरक्षक पवन आलोक,कवि पत्नि मीना ढुंगाना समेतले शुभकामना मन्तव्य राखे । 

सार्वजनिक कृतिबाट सुधा शर्मा,राजेश खनाल लगायतले कविता बाचन गरे ।

सभाध्यक्षको मन्तव्य राख्दै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले छोटा कवितामा पनि शक्ति हुन्छ भन्ने कुरा राजेशका कविताले पुष्टि गरेको बताए । उनले वर्तमान समयमा नेपाली साहित्यक्षेत्रमा देखिएका विकृतिप्रति लक्षित गर्दै भने, पुरस्कार र सम्मानको नाउँमा अस्वस्थ्य प्रतिष्पर्धा देखिएको छ । यो हुनु राम्रो संकेत होइन् । 

मधु पाठकको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा तारा सुवेदीले स्वागत गरिन । 

साहित्यकार धारावासीले राजेशसंग विताएका बाल्यकालीन दिनहरु समेत स्मरण गरे । उनले भाँचिन तयार हुने तर ननिहुरिने प्रजातान्त्रिक चेत बोकेका कविको रुपमा ढुंगानाको व्यक्तित्वको चर्चा गरे । काठमाडौँको साहित्य र पत्रकारितामा पनि उहाँको भुमिका छ । उहाँ मुक्तक,गीत र कविता सशक्त ढंगले लेख्न सक्ने क्षमताबान कवि हो । धारावासीले भने ।

मधु पाठकको सञ्चालनमा भएको उक्त कार्यक्रममा तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।


  • Jigyasanepal

थप