Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

‘रेखा -पवन स्रष्टा सम्मान’द्धारा शर्मा र घिमिरे सम्मानित

  •   ५ महिना अघि | २५ फाल्गुन २०८२, सोमवार

काठमाडौं । ‘रेखा पवन स्रष्टा सम्मान(२०८२’ द्धारा अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा र रोचक घिमिरे संयुक्त रुपमा सम्मानित भएका छन् ।

नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आईतबार आयोजित एक समारोहमा श्रीओम श्रेष्ठ ‘रोदन’,पवन आलोक,रेखा कंडेल लगायतले दोसल्ला,सम्मानपत्र,माला र नगदराशि सहित शर्मा र घिमिरेलाई संयुक्त रुपमा सम्मान अर्पण गरे ।

नगदराशी रु।१ लाख १ सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान अग्रज नियाात्राकार एवं साहित्यकार पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कंडेलको नाममा स्थापना भएको हो । उहाँका छोरीहरु बिमला कंडेल थापा,रीता कंडेल बस्नेत,अनिता कंडेल, छोरा सुनिल कंडेल तथा बुहारी माला कटुवाल कंडेलले मातापिता रेखा (पवन बैवाहिक वर्षगाँठको अवसरमा कोष स्थापना गरिदिएको आयोजकले बताएका छन् ।

सम्मानित स्रष्टाहरुको बारेमा अग्रज समालोचक प्रमोद प्रधानले नगेन्द्रराज शर्मा र रोचक घिमिरे नेपाली भाषा साहित्यमा थुप्रै लेखक,साहित्यकारहरु जन्माउने व्यक्ति भएको बताए ।

वि।सं।२०२७ सालदेखि प्रकाशित अभिव्यक्तिका पर्यायका रुपमा सबैले शर्मालाई लिने गरेको बताउँदै उनले भने( ‘दुई उपन्यास र दुई कथासङ्ग्रह नेपाली साहित्यलाई दिइसकेका शर्माको नेपाली साहित्यिक पत्रकारीतामा अतुलनीय योगदान रहेको छ । नेपाली भाषा,साहित्यमा पछिल्ला पुस्ताका साहित्यकारहरुका निम्ति मानसपिता रहेका शर्मा र घिमिरे व्यवहारमा हार्दिक,सरल,शिष्ट र शालिन हुनुहुन्छ ।’ उहाँहरुको अरुसँग तुलना गर्न नसकिने कुरामा प्रधानले जोड दिए ।

शुभकामना मन्तव्य दिंदै नेपाल स्रष्टा समाजका सल्लाहकार समेत रहेका प्रा।डा।गोविन्दराज भट्टराई,अशेष मल्ल तथा प्रा।डा। लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तिहरु आफैं इतिहास भएको बताए । उनीहरुले सात दशकभन्दा लामो समय साधना गर्नु आफैंमा अतुलनीय भएको बताए । आफ्नो पुस्ताको असल अभिभावकको रुपमा सम्मानित व्यक्तिहरुलाई पाएको समेत उनीहरुले बताए ।

सम्मानित व्यक्तित्व घिमिरेले आफुलाई साहित्यिक पत्रकारीतामा लाग्न प्रेरित गर्ने भैरव अर्याल र रमेश विकललाई सम्झिए । उनले लेखनीमा तारिणीप्रसाद कोइरालाले आफुलाई ल्याएको बताउँदै सम्मानित भएकोमा खुशी व्यक्त गरे ।

अर्का सम्मानित व्यक्तित्व शर्माले सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै भने – ‘मेरो पूजा अभिव्यक्तिको काम हो मेरा भगवान मेरा साथीभाईहरु हुन् ।’

पुरस्कार संस्थापक मध्येबाट रिता के।सी।कंडेलले सम्मान कसरी स्थापना गरियो भन्ने बारेमा बताइन् ।

अग्रज साहित्यकार पवन आलोकले धन्यवाद व्यक्त गरेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए । कार्यक्रमको सहजीकरण मधु पाठक तथा स्वागत प्रकाश घायलले गरेका थिए ।

नेपाली साहित्यमा ६० वर्ष उमेर पुगेका ,उत्कृष्ट लेखनीमा निरन्तरता दिइरहेका स्रष्टालाई उक्त सम्मान प्रदान गरिने गरिएको समाजका अध्यक्ष रोदनले जानकारी दिए ।

वि।सं।२०८० मा स्थापना गरिएको उक्त सम्मानबाट,अग्रज कवि एवं गीतकार कालीप्रसाद रिजाल २०८१ मा सम्मानित भैसकेका छन् ।

  • Jigyasanepal

थप