Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

कथाकार विजय सापकोटाको कथासंग्रह 'अनावरण'को दोस्रो संस्करण बजारमा

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

आख्यानकार विजय सापकोटा पछिल्लो समय कथा, किशोर उपन्यास र निबन्धमा चिनिएका साहित्यकार हुन् । उनको यस अघि नै प्रकाशित अनावरण कथासंग्रह पाठकहरुले ज्यादै नै रुचाएका थिए । फलस्वरुप अनावरणको दोस्रो संस्करण बजारमा आएको छ । 

सामाजिक जीवनका संवेदनशील पक्षलाई आफ्ना कथाको मुख्य विषय बनाउने विजय सापकोटाका ११ वटा कथाहरूको संग्रह हो अनावरण । सामान्य अनि महत्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका यस संग्रहका कथाहरूले समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसंगत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढंगले प्रस्तुत गरेका छन् । हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरूको मानसिक दशाको मिहीन चित्रण यसका कथाहरूको अर्को विशेषता हो । पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुंग्याइएका यी कथाहरू पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन् ।

कलम प्रकाशनले बजारमा ल्याएको अनावरणको मूल्य रू. ४९५ रहेको छ । 

  • Reporter

थप