Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

अभिनेता राजेश हमाल फिल्ममा फर्किने

  •   २ वर्ष अघि | १० साउन २०८१, बिहिबार

काठमाडौँ । अभिनेता राजेश हमाल फिल्ममा फर्किने भएका छन् । उनी दिवाकार भट्टराईको निर्देशनमा बन्ने फिल्ममार्फत फर्किन तयारी रहेको छ । एक्सन थ्रिलर जनराको फिल्मको लागि हमालसँग कुराकानी भएको निर्देशक भट्टराईले जानकारी दिए ।

‘लिखित सहमति त भएको छैन । तर, उहाँ काम गर्न सकरात्मक हुनुहुन्छ । सुहाउँदो रोल भएकाले उहाँलाई अफर गरेका हौँ’, उनले भने । भट्टराईका अनुसार फिल्मको शीर्षक तय भएको छैन । हमालसँग लिखित सहमति भएपछि अरू कलाकारहरु लिनेसमेत उनले भने । साइन गरेको खण्डमा राजेश फिल्मको मुख्य भूमिकामा देखिनेछन् । भदौदेखि सुटिङ हुने यो फिल्म दिवाकारको पटकथा र चन्द पन्तको कथा रहेको छ । योसँगै हमालले ५ वर्षपछि फिल्ममा पुनरागमन गर्देछन् । उनी पछिल्लोपटक फिल्म ‘सीता’ मा देखिएका थिए ।

  • Reporter

थप