Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

हरि अधिकारीको दुई कृति सार्वजनिक

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

काठमाडौं, बानेश्वरमा आयोजित एक समारोहमा कवि हरि अधिकारीको दुई नयाँ कृति 'कवितासँग पाँच दशक' र 'संवादमा समयविम्ब'को लोकार्पण भएको छ । राष्ट्रका २० विशिष्ठ व्यक्तित्वसँग गरेको कुराकानीमा आधारित ग्रन्थ 'संवादमा समयविम्ब'को लोकार्पण प्रमुख अतिथि वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दासले गर्नुभयो भने 'कवितासँग पाँच दशक'को लोकार्पण कार्यक्रमका सभापति  न्यायमूर्ति गौरीबहादुर कार्कीले गर्नु भएको थियो । 


लोकार्पण कार्यक्रममा  'कवितासँग पाँच दशक' र कविका कविताहरूका बारेमा समीक्षक राजकुमार बानियाँ तथा वार्तासङ्ग्रह 'संवादमा समयविम्ब'का बारेमा  लोकेश ढकालले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । सभाका वक्ताहरू डा. विमल कोइराला, डा. तिलक रावल तथा नेता चिरञ्जीवी वाग्लेले 'संवादमा समयविम्ब'ले आजको नेपाली समाज र समयको वस्तुपरक चित्र खिचेको छ भन्नूभयो । 


काभ्रेमा जन्मिएर हाल भक्तपुर बस्दै आएका कवि हरि अधिकारी पछिल्लो समयका चोटिला समीक्षक हुन् भने कविता क्षेत्रमा एक तारा हुन् । उनको 'गार्मेन्टकी गायत्री' चर्चित कविता संग्रह हो । 



  • Reporter

थप