Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

डाका समूहको आतंक : लुटपाट गर्दै एक व्यक्तिको हत्या !

  •   १ वर्ष अघि | २३ जेष्ठ २०८२, शुक्रबार

जिज्ञासा नेपाल –l। जेठ २३, सप्तरी

सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा डाका समूहले लुटपाट गर्दै एक व्यक्तिको हत्या गरेका छन्। बिहीबार राति भएको घटनामा घरधनी कान्तलाल चौधरीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ।

डाका समूहले चौधरीको घरमा धावा बोल्दै सुनचाँदीका गरगहना र नगद रकम लुटेका थिए। लुटपाटका क्रममा चौधरीमाथि निर्मम आक्रमण गरिएको थियो, जसका कारण उनको घटनास्थलमै ज्यान गएको बताइएको छ। यसैबीच, डाकाको आक्रमणमा परेका चौधरीका भाइ रमाकान्त गम्भीर घाइते भएका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त टोली परिचालन गरिएको छ। डाका समूहको पहिचान खुल्न नसकेको भए पनि खोजी तीव्र पारिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

स्थानीयवासीले रातिको समयमा प्रहरी गस्तीको अभाव र सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यसरी डाका समूह खुलेआम घर पसेर हत्या र लुटपाट गरिरहेको अवस्था कानून व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरिरहेको छ।

🔴 सुरक्षा चुनौती बढ्दो
सुरुङ्गामा डाकाको यो घटना पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधिको प्रतिनिधि बनेको छ। स्थानीय सरकारले समेत घटनाको छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै केन्द्र र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ।

  • Jigyasanepal

थप