Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

झापामा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी, ९ जनालाई थप उपचारका लागि दमक पठाइयो

  •   ५ महिना अघि | २७ बैशाख २०८३, आइतवार

झापा, वैशाख २७ — बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्। जंगलबाट ल्याइएको च्याउ पकाएर बिहानको खानासँग सेवन गरेपछि परिवारका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको प्रहरीले जनाएको छ।

स्थानीय तेजबहादुर खवास को परिवारले जंगली च्याउको परिकार बनाएर खाएका थिए। त्यसलगत्तै परिवारका सबै सदस्यमा वान्ता, पेट दुख्ने, रिंगटा लाग्ने लगायतका समस्या देखिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय झापा का सूचना अधिकारी खगेन्द्रबहादुर खड्का का अनुसार बिरामी हुनेमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवास सहित आठ जना बालबालिका रहेका छन्।

बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। प्रारम्भिक उपचारपछि ९ जनालाई थप उपचारका लागि बाल अस्पताल दमक रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य छ।

⚠️ जंगली च्याउ सेवन नगर्न आग्रह

घटनापछि प्रहरीले जंगली तथा पहिचान नभएका च्याउ सेवन गर्दा विषाक्त हुने जोखिम अत्यधिक रहने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

विशेषगरी वर्षायाम सुरु भएसँगै जंगल तथा खेतबारीमा उम्रिने कतिपय च्याउ विषालु हुने भएकाले पहिचानबिना सेवन गर्दा ज्यानै जोखिममा पर्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

स्वास्थ्य विज्ञका अनुसार विषालु च्याउ खाएपछि:

वान्ता,

पेट दुख्ने,

झाडापखाला,

बेहोस हुने,

श्वासप्रश्वासमा समस्या हुने

जस्ता लक्षण देखिन सक्छन्।

यस्ता लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न चिकित्सकले सुझाव दिएका छन्।

  • Jigyasanepal

थप