Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

संसदीय छानबिन विशेष समितिले आज पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिँदै

  •   २ वर्ष अघि | ७ भदौ २०८१, शुक्रबार

काठमाडौँ: सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले आज (शुक्रबार) पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिँदै छ। उनलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो।


गोरखा मिडिया नेटवर्कमा २ ठुला सहकारी संस्थाको बचत रकम लगानी गरिएको थियो, जसमा लामिछानेका साझेदार रहेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि समितिले बयानका लागि बोलाएको छ। समितिका सभापति सूर्य थापाका अनुसार, छविलाल जोशीको बयान आज बिहान ११ बजे लिनेछ, र त्यसपछि दिउँसो २ बजे रवि लामिछानेलाई सोधपुछ गरिनेछ।


गोर्खा मिडिया नेटवर्कमा छविलाल, रवि लामिछाने, र हाल फरार रहेका गीतेन्द्रबाबु राई (जिबी) साझेदार थिए। छविलालको बयानपछि लामिछानेको बयान लिने तयारी समितिले यसअघि नै गरेको थियो। जोशीकी आमाको निधन भएकाले समितिले बयानका लागि पर्खिरहेको थियो। लामिछानेको बयान भदौ २ गते नै लिने योजना भए पनि जोशीले आमाको काजकिरिया ६ भदौमा सम्पन्न हुने बताएपछि बयान स्थगित गरिएको थियो।

समितिले १० भदौसम्म सोधपुछको काम सक्ने गरी तयारी गरिरहेको छ। 


  • Jigyasa media

थप