Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

नेपालमा पश्चिमी तथा स्थानीय वायुको असर, केही स्थानमा आंशिक बदली

  •   २ वर्ष अघि | १९ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत १९ – नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण केही स्थानमा मौसम बदली भएको छ।

मंगलबार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि यी तीन प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ, तर देशका अन्य भूभागमा मौसम सामान्य रहन्छ।

यसैगरी, कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

रातिको समयमा भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने तथा अन्य क्षेत्रमा मौसम सामान्य रहने महाशाखाले जनाएको छ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का हिमपातको सम्भावना छ।


  • Jigyasa media

थप