Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

आदर्श विद्या मन्दिरद्वारा बहुमुखी क्याम्पस सञ्चालन प्रक्रियाको तयारी पुरा

  •   २ वर्ष अघि | ७ भदौ २०८१, शुक्रबार

काभ्रे ।  काभ्रे जिल्लाको बनेपामा २१ वर्षदेखि सञ्चालनमा रहेको आदर्श विद्या मन्दिरले आफ्नो शैक्षिक योगदानलाई अझ फराकिलो बनाउँदै बहुमुखी क्याम्पसको स्थापना गर्ने तयारी गरेको छ। यस संस्थाले अबदेखि स्नातक तहको अध्यापन प्रारम्भ गर्ने योजना बनाएको छ, जसमा कक्षा ११ र १२ का साथै स्नातक तहका विभिन्न विषयहरू पनि समावेश गरिने बताइएको छ । आज एबिएम स्कूलको प्रांज्ञिक तथा पत्रकार संवादको एक कार्यक्रममा यस्तो विवरण सार्वजनिक गर्दै क्याम्पसले  बनेपामा रहेको हिमालय प्राइम बहुमुखी क्याम्पसले नयाँ व्यवस्थापनसहित आदर्श बहुमुखी क्याम्पस (प्रस्तावित)को रुपमा यहि शैक्षिक सत्रदेखि बिबिएसको पढाइ सुरु गर्ने, निकट भविष्यमा एलएलबीको पढाइ सुरु गर्ने, क्याम्पसका सञ्चालक रामप्रसाद तिमल्सिनाले अब थप विषयहरू अध्यापन गर्न सबै प्रक्रियाहरू पूरा  हुँदै गरेको समेत जनाएका छन् । 


क्याम्पसले विद्यार्थीहरूलाई व्यावसायिक शिक्षा प्रदान गर्न BBS (Bachelor of Business Studies) कार्यक्रम सञ्चालन गर्नेछ। यस कार्यक्रममा पहिलो वर्षदेखि चौथो वर्षसम्मका विभिन्न विषयहरू समावेश छन्, जस्तै व्यवसायिक अंग्रेजी, व्यवस्थापन, वित्तीय व्यवस्थापन, बैंकिङ, कानुन, र अन्य व्यावसायिक विषयहरू यसमा समावेश गरिएको बताइन्छ । 

यस संस्थाले ISO21001 प्रमाणीकरण प्राप्त गरेको छ, जसले गुणस्तरीय शिक्षा प्रदान गर्ने दृष्टीकोणबाट यसलाई थप विश्वसनीय बनाएको छ। यस क्याम्पसको उद्देश्य व्यवसायिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय रोजगारीका अवसरहरू प्रदान गर्नु रहेको बताइएको छ । 


क्याम्पस प्रमुख राम प्रसाद तिमल्सिनाले बताए अनुसार, क्याम्पसले "कमाउँदै पढ्दै" कार्यक्रम पनि सञ्चालन गर्नेछ, जसमा विद्यार्थीहरू लाई  रोजगारी समेत दिने बताइएको छ ।   जसले गर्दा विद्यार्थीहरूले अध्ययनसँगै रोजगारको अवसर प्राप्त गर्नेछन् ।  उनले यस कार्यक्रमले उच्च शिक्षा अध्ययनका लागि विदेशिने परम्परालाई समेत कम गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, क्याम्पसले सीपमूलक शिक्षा र प्रयोगात्मक शिक्षा प्रणाली लागू गर्न प्रतिवद्ध रहेको र यसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्दै रोजगार बजारमा प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

स्नातक तहका विद्यार्थीहरूको सफल करियर निर्माणका लागि क्याम्पसले विशेष कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। विद्यार्थीहरूलाई सरकारी, गैरसरकारी, बैंक, सहकारी, बीमा, कम्पनी, र अन्य विभिन्न क्षेत्रहरूमा रोजगारीका अवसरहरू प्रदान गरिनेछ। साथै, क्याम्पसले प्राविधिक शिक्षा र व्यावसायिक तालिमहरू पनि प्रदान गर्नेछ, जसले गर्दा विद्यार्थीहरूलाई रोजगारका लागि योग्य हुने बताइन्छ ।

थप जानकारीको लागि आज एबिएम स्कूलको प्रांज्ञिक तथा पत्रकार संवादको एक कार्यक्रमको भिडियो । 


 youtu.be

 



  • Jigyasa media

थप