Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

साउनको अन्तिम सोमबार: देशभरका शिवालयहरूमा श्रद्धालुको घुइँचो

२०८१ साउन २८ गते सोमबार

  •   २ वर्ष अघि | २८ साउन २०८१, सोमवार

२८ साउन २०८१, सोमबार

जिज्ञासा नेपाल डटकम ।

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा श्रद्धालुको ठूलो भीड देखिएको छ। विशेषगरी पशुपतिनाथ, डोलेश्वर, कुम्भेश्वर लगायतका प्रमुख शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरू पूजापाठमा व्यस्त देखिएका छन्। 

साउनको सोमबार भगवान शिवको प्रिय दिन मानिन्छ। यस दिन व्रत बस्ने, पूजापाठ गर्ने, र दानधर्ममा संलग्न हुने धार्मिक परम्परा रहेको छ। धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यसो गर्दा परिवारको कल्याण, सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। 

काठमाडौंको सुन्दरीजलबाट पवित्र जल ल्याएर पशुपतिनाथमा चढाउने परम्परा रहेको छ। यस क्रममा बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयहरूमा भीड लागेको छ। 

पशुपति, डोलेश्वर, कुम्भेश्वर लगायतका मन्दिरहरूमा मात्रै होइन, पूर्वको हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर, र कलानेश्वरजस्ता शिव मन्दिरहरूमा पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा समेत साउनको अन्तिम सोमबारको पूजा र बोलबम मेलामा श्रद्धालुहरूको घुइँचो लागेको छ। यसरी, आजको दिन देशभरका शिवालयहरूमा भक्तजनहरूले भगवान शिवको आराधना गर्दै साउन महिनाको व्रत विधिपूर्वक सम्पन्न गरेका छन्।

  • Jigyasa media

थप