Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

लगातारको वर्षाले दाउन्नेमा पहिरो : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध ।

  •   १ वर्ष अघि | १९ साउन २०८२, सोमवार

१९ साउन २०८२ ।

 नवलपुर । लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको दाउन्ने पहाडमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको नारायणघाट बुटवल सडक खण्ड अन्तरगत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेको विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

यस अघि वर्षाका कारण सडक हिलाम्य भएपछि नवलपुरको दाउन्नेमा सवारी एकतर्फी सन्चालनमा आएको थियो । सोमबार दिउँसो पहिरो खसेपछी सडक दुवै तर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लगातार पानी परिरहेकाले पहिरो पन्छाएर यातायात सन्चालन गर्न समय लाग्ने प्रहरीको भनाई छ । अहिले दाउन्ने सडक खण्ड भएर चल्ने सवारी साधन र यात्रुहरु वीच बाटोमै अलपत्र अवस्थामा रहेका छन ।

  • Jigyasanepal

थप