Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

अविरल वर्षाले मुलुकभर विपद्: १९५ को मृत्यु

सम्पूर्ण मुलुकमा विपद्को असर: २४७ घाइते, ४०८ घर डुबानमा

  •   २ वर्ष अघि | ७ भदौ २०८१, शुक्रबार

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि मुलुकभर विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा ३६, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३, र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको हो।

बाढी र पहिरोका कारण देशभर २४७ जना घाइते भएका छन्। यसबाहेक, २१० जनाको उद्धार गरिएको छ। विपद्का कारण ४९ जना अझै बेपत्ता छन् र उनीहरूको खोजीकार्य जारी छ। बाढीका कारण ४०८ घर डुबानमा परेको, ३४२ घर र १२१ गोठमा क्षति पुगेको र ५८३ घरपरिवार विस्थापित भएको जानकारी प्रहरीले दिएको छ।

सम्पूर्ण मुलुकमा विपद्को असर: २४७ घाइते, ४०८ घर डुबानमा


नेपालमा लगातारको वर्षाले निम्त्याएको बाढी र पहिरोले मुलुकभर १९५ जनाको ज्यान लिएको छ। प्रहरीको तथ्यांक अनुसार, विपद्को असर मुलुकका सबै प्रदेशमा परेको छ। गण्डकी र बागमती प्रदेशमा सबैभन्दा बढी क्षति भएको छ। बाढीले ९०९ वटा पशु चौपायाको ज्यान लिएको र ५१ वटा पुल तथा २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। 

बाढी र पहिरोका कारण २४७ जना घाइते भएका छन् भने ४९ जना बेपत्ता भएका छन्। प्रहरीले अहिलेसम्म २१० जनाको सफल उद्धार गरेको छ। सरकारले अझै पनि बेपत्ताहरूको खोजीकार्य जारी राखेको छ।

  • Jigyasa media

थप