Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

बिपी राजमार्गमा दुई स्कुटर ठोक्किँदा नमोबुद्ध नगरपालिकाका निवर्तमान मेयर गम्भीर घाइते, तीन जना अस्पतालमा

  •   ९ महिना अघि | १० साउन २०८२, शनिबार

नमोबुद्ध, काभ्रे | साउन १०

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२, बिस किलोस्थित बिपी राजमार्गमा आज बिहान भएको स्कुटर आपसी ठक्कर दुर्घटनामा तीन जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ।

शुक्रबार बिहान करिब ७:४४ बजे नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी बा.प्र. ८८०० नम्बरको स्कुटर चालक किशोर तिमल्सिना (४६), स्थायी ठेगाना: नमोबुद्ध–२, सामान्य घाइते भएका छन् भने उनको स्कुटरको पछाडि सवार ७२ वर्षीय बुबा  नमोबुद्ध नगरपालीकाका निवर्तमान मेयर टंकप्रसाद शर्मा गम्भीर घाइते भएका छन्। गम्भीर घाइते शर्मालाई तत्कालै धुलिखेल अस्पतालमा रिफर गरिएको छ।

त्यस्तै, ठक्कर दिने स्कुटर बा ६२ प ३५७८ का चालक २६ वर्षीय निमा तेम्वा थोकर, स्थायी घर दोलखा, हाल काभ्रे रोशी गाउँपालिका–८, मेथिनकोटमा बसोबास गर्दै आएका व्यक्ति, सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि मेथिनकोट अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

स्कुटर र चालक दुवै प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

  • Jigyasanepal

थप