Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

रेलमार्गको नक्सांकनका लागि पुगेका प्राविधिकको टोली चढेको कारमाथी स्थानीयको आगजनी

  •   २ वर्ष अघि | २ साउन २०८१, बुधबार

काठमाण्डौ । पूर्वपश्चिम रेलमार्गको नक्सांकनका लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् ।

भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका लागि सरकारी अनुमति लिएर आएको भन्दै कन्सल्टेन्सीका प्राविधिकले बताए पनि स्थानीयले मानेका थिएनन् ।

आज वडा नम्बर ७ मा सर्भे गर्दा गर्दै उनीहरूलाई स्थानीयबासीले घेरेका हुन् ।

कारमा रहेका दुईजना प्राविधिकलाई प्रहरीले सुरक्षित स्थानमा लगेको चितवन प्रहरीले जनाएको छ । स्थानीयले लगाएको आगो प्रहरीले निभाएको थियो ।

  • Jigyasa media

थप