Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा पुलको काम

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पुर्याएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत वर्ष वैशाख ५ गतेदेखि सेवा सुरुआत गरेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।


कृषि एम्बुलेन्समार्फत हाल पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दी, वडा नं २३ चापाकोट, घाँटीछिना, वडा नं २८ माझठाना, वडा नं ३३ भरतपोखरीको बागमारा, वडा नं २५ झिर्झिकालगायत स्थानबाट कृषिजन्य उत्पादन निःशुल्क ढुवानी भइरहेको छ ।


मागअनुसार कृषि एम्बुलेन्सलाई विभिन्न ठाउँमा पुर्याउने गरिएको जनाउँदै ग्रामीण क्षेत्रबाट ल्याइएका कृषिजन्य उत्पादन बारअनुसार फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको उनले बताए । कृषि उपज आइतबार पोखराको वडा नं ३ नदीपुर, मङ्गलबार वडा नं ७ स्थित मुनाबजार, बुधबार मुस्ताङचोकस्थित लोकसेवा आयोग कार्यालय अगाडि, बिहीबार सिद्धार्थ चोकस्थित श्री कम्लेक्स, शुक्रबार वडा नं ४ गैरापाटनस्थित वडा कार्यालय अगाडि र शनिबार मुस्ताङचोकस्थित लोकसेवा आयोगको कार्यालय अगाडि बिक्री वितरण गर्ने गरिएको छ ।


गाउँबाट आएको ताजा तरकारी लिन सर्वसाधारणको आकर्षण बढिरहेको छ । किसानबाट ल्याइएको उत्पादन उनीहरूसँग खरिद गरेको मूल्यको २० प्रतिशतभन्दा बढी नबढ्ने गरी उपभोक्ताले खरिद गर्न पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । पछिल्लो समयमा कृषि एम्बुलेन्सको ठाउँठाउँबाट माग बढ्दै गएको जनाउँदै प्रमुख कडरियाले नियमित गाडीको पहुँच नभएका साना किसानका साथै उपभोक्ता दुवैका लागि प्रभावकारी भएको बताए । रासस

  • Jigyasa media

थप