Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

अछाममा दुई किशोरी जंगलमा मृत फेला, घटना अनुसन्धानमा प्रहरी

  •   २ वर्ष अघि | १३ माघ २०८१, आइतवार

अछाम । ढकारी गाउँपालिकाका दुई किशोरी शुक्रबारदेखि बेपत्ता भएका अवस्थामा शनिबार साँझ जंगलमा मृत फेला परेका छन्।

ढकारी गाउँपालिका-८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र उदय खड्काकी छोरी सरस्वती खड्का वडा नम्बर १ को जंगल क्षेत्रमा मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार मृतक किशोरीहरू गाईबाख्रा चराउन शुक्रबार बिहान जंगल गएका थिए।

शुक्रबार साँझसम्म पनि घर नफर्किएपछि परिवार र गाउँलेहरूले खोजी अभियान थालेका थिए। खोजीको क्रममा शनिबार साँझ ६:४० बजे उनीहरू भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका थिए। घटना सम्बन्धी सूचना प्राप्त भएलगत्तै प्रहरीले थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारीको नेतृत्वमा टोली खटाएको छ।

मृत्युको कारण खुल्न नसकेको र घटनास्थलमा आवश्यक प्रमाण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा घटना रहस्यमय भएको भन्दै चाँडो सत्यतथ्य पत्ता लगाउन माग गरिरहेका छन्।

सुरक्षा सतर्कता र छानबिनको अपेक्षा

यस घटनाले स्थानियस्तरमा त्रास फैलाएको छ भने गाउँलेहरूले बालबालिका र किशोरीहरूको सुरक्षाका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।



  • Jigyasa media

थप