Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

  •   २ वर्ष अघि | १७ माघ २०८१, बिहिबार

काठमाडौं, १७ माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारका वैदेशिक अनुदान सहायता रोक्ने निर्णयलाई स्थगित गरिएको छ। अदालतको आदेशपछि ह्वाइटहाउस यस निर्णयबाट पछि हट्न बाध्य भएको हो।

ट्रम्पले आफ्नो कार्यकालको प्रारम्भमा ९० दिनका लागि विदेशी अनुदान वितरण रोक्ने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयनका लागि विश्वभरका अमेरिकी सहायता परियोजनाहरूमा पत्राचार समेत गरिएको थियो।

तर, अनुदान रोकिएमा लाखौं मानिस प्रभावित हुने भन्दै अमेरिकाको जिल्ला अदालतकी न्यायाधीश लोरेन अली खानले उक्त निर्णय तत्काल रोक्न आदेश दिएकी छन्। बीबीसीका अनुसार, ट्रम्प प्रशासनको यो कदमले स्वास्थ्य, शिक्षा, र विकास परियोजनाहरू बन्द हुने तथा हजारौं मानिस रोजगारी गुमाउने अवस्थामा पुगेको भन्दै अदालतमा उजुरी परेको थियो।

यसैबीच, विभिन्न मुलुकमा अमेरिकी अनुदान सहयोगमा आश्रित परियोजनाहरू पुनः सञ्चालन हुने सम्भावना देखिएको छ। अदालतको आदेशपछि ह्वाइटहाउसले सहायता रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने संकेत गरेको छ।


  • Jigyasa media

थप