Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

अमेरिकामा मेडिकल विमान दुर्घटना : दुई पाइलटसहित चार जनाको ज्यान गयो

  •   १ वर्ष अघि | २१ साउन २०८२, बुधबार

काठमाडौँ, साउन २१ –

अमेरिकाको एरिजोनास्थित नाभाजो राष्ट्रको विमानस्थलमा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा दुई पाइलटसहित दुई स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि गरिएको छ।

मंगलबार दिउँसोको घटना

नाभाजो राष्ट्र प्रहरी विभागका प्रवक्ता क्रिसी लार्गोका अनुसार चिन्ले म्युनिसिपल एयरपोर्टमा बिरामी लिन अवतरण गर्न लाग्दा 'बिचक्राफ्ट ३००' नामक विमान दुर्घटनामा परेको हो।

विमान धावनमार्गभन्दा करीब ३०० यार्ड टाढा खसिएको थियो। दुर्घटनापछि विमानमा आगलागी समेत भएको थियो।

न्यूयोर्क टाइम्सले जनाएको अनुसार स्थानीय समयअनुसार दिउँसो १२:४० बजे दुर्घटना भएको थियो। विमानमा सवार सबै चार जना घटनास्थलमै मृत भेटिएका हुन्।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक अनुमान अनुसार प्राविधिक गडबडी वा अवतरणका क्रममा देखिएको खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

सामाजिक सञ्जालमा श्रद्धाञ्जली

दुर्घटनापछि अमेरिकी संचारमाध्यम तथा सामाजिक सञ्जालमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। नाभाजो राष्ट्रले मृतकहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

  • Jigyasanepal

थप