Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

अन्नपूर्ण प्रथम आधार शिविरमा आन्तरिक पर्यटकको घुइँचो

  •   २ वर्ष अघि | ३ कार्तिक २०८१, शनिबार

म्याग्दी, कात्तिक ३ - अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा दशैंपछिको बिदामा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ।

दशैंको टीकापछि पाँच दिनमा आठ सयभन्दा बढी आन्तरिक पर्यटक आधार शिविर पुगेको अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित हुमखोलाबाट पदमार्ग हुँदै दुई दिनको पैदल यात्रापछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ।

यस क्षेत्रमा पदमार्गका लागि पर्यटकीय पूर्वाधार निर्माणसँगै पञ्चकुण्ड ताल, फुतफुते ताल, गुफा, र झरनाजस्ता प्राकृतिक दृश्यहरूले पर्यटकलाई आकर्षित गर्दै चहलपहल बढाएको हो।

गत वर्षको तुलनामा यस वर्ष पर्यटकहरूको सङ्ख्यामा छ गुणाले वृद्धि भएको स्थानीय होटल व्यवसायीहरू बताउँछन्। भारतीय, चिनियाँ, ताइवानी र इटालियन पर्यटकहरूको आगमनले स्थानीय व्यवसायमा पनि सकारात्मक प्रभाव परेको छ।

तर, पर्यटकको बढ्दो सङ्ख्याले आधार शिविरमा फोहोर व्यवस्थापन र शौचालयजस्ता सुविधाहरूको अभाव रहेको गुनासो पनि आएको छ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटर गाडीमा यात्रा गरी हुमखोला पुग्न सकिन्छ, जहाँबाट २१ किलोमिटरको पैदलयात्रा गर्दै आधार शिविरमा पुगिन्छ।


  • Jigyasa media

थप