Breaking News
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको आराधना, शक्ति र समृद्धिको कामनासहित पूजा गरिँदै    ||     आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||    

अष्ट्रेलियामा २०२५ देखि अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा सिमा, २ लाख ७० हजारको कोटा

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

काठमाडौं - अष्ट्रेलियाली सरकारले सन् २०२५ देखि विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक संस्थाहरूमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना संख्या २ लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ। 

नयाँ व्यवस्थाअनुसार, सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा १ लाख ४५ हजार विद्यार्थी, व्यावसायिक शिक्षा तथा प्रशिक्षण (VET) क्षेत्रमा ९५ हजार, र अन्य विश्वविद्यालय तथा गैर-विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई मात्र भर्ना गरिनेछ। 

शिक्षा मन्त्री जेसन क्लेयरले सन् २०१९ को तुलनामा विश्वविद्यालयमा १५ प्रतिशतले बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने बताए, तर VET प्रदायकका लागि भने २० प्रतिशतले कटौती गरिनेछ। उनले संसदले पारित गर्ने यस नयाँ नियमअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या सन् २०१९ को तुलनामा ७ हजार र २०२३ को तुलनामा ५३ हजारले कम गरिने जानकारी दिए।

क्लेयरका अनुसार, निर्धारित कोटा पूरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन्। यस निर्णयले सम्पूर्ण शिक्षा क्षेत्रलाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ।

यसअघि, सत्तारुढ लेबर पार्टीले सन् २०२४–२५ सम्ममा अस्ट्रेलियाको कुल आप्रवासन संख्या २ लाख ६० हजारमा सीमित गर्ने योजना सार्वजनिक गरेको थियो, जसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या पनि घटाइनेछ। 

यसबाहेक, गत जुलाईमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क ७१० अस्ट्रेलियन डलरबाट बढाएर १ हजार ६०० अस्ट्रेलियन डलर बनाएको थियो।

गैरसरकारी संस्था युनिभर्सिटीज अस्ट्रेलियाका प्रमुख कार्यकारी ल्युक सिहीले यो निर्णयले विश्वविद्यालयको अरबौं डलर राजस्व घटाउने र १४ हजार रोजगारी जोखिममा पार्न सक्ने चेतावनी दिएका थिए। उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनमा आधाभन्दा बढी हिस्सा ओगटेको र देशलाई मन्दीबाट बचाएको दाबी गरेका थिए।

सरकारी तथ्यांक अनुसार, सन् २०२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको योगदान ४७.८ बिलियन अस्ट्रेलियन डलर रहेको थियो।

  • Jigyasa media

थप