Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

दिल्लीमा राजनीतिक परिवर्तन: अरविन्द केजरीवालको राजीनामा, अतिशी नयाँ मुख्यमन्त्री

  •   २ वर्ष अघि | १ असोज २०८१, मङ्लबार

नयाँ दिल्ली – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार उपराज्यपाल विनयकुमार सक्सेनालाई आफ्नो राजीनामा बुझाएका छन्। जेलबाट बाहिर निस्किएपछि उनले तुरुन्तै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए। केजरीवालले घोषणा गर्दै भने, "दिल्लीका जनताले मलाई फेरि निर्वाचित नगरेसम्म म मुख्यमन्त्रीको जिम्मेवारी वहन गर्नेछैन।"

आम आदमी पार्टी (AAP) ले नयाँ नेतृत्व चयन गर्दै, पार्टीकी वरिष्ठ नेतृ अतिशी मर्लेनालाई नयाँ मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ। AAP को विधायक दलको बैठकले मंगलबार अतिशीलाई दलको नेता चयन गर्ने निर्णय गरेको थियो। दलको नेता बन्नु भएपछि उनले दिल्लीको नयाँ मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गर्ने तयारी गरिरहेकी छन्।

पार्टीका नेता गोपाल रायले जानकारी दिँदै भने, "हामीले उपराज्यपाललाई नयाँ सरकार गठनको विषयमा जानकारी गराइसकेका छौं, र शपथग्रहणको मिति छिट्टै तोकिनेछ।"

मुख्यमन्त्री पदमा जिम्मेवारी पाउनु अतिशीका लागि महत्त्वपूर्ण छ। उनले केजरीवालप्रति आभार व्यक्त गर्दै भनिन्, "उहाँले मलाई विधायक, मन्त्री बनाएर यो ठूलो जिम्मेवारी दिनुभएको छ। म यो अवसरका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु।" तथापि, उनले केजरीवालको राजीनामा प्रति दुःख व्यक्त गर्दै दिल्लीका जनताको मनमा उनी नै वास्तविक मुख्यमन्त्री रहेको कुरा बताइन्।


  • RSS

थप