Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

वायु प्रदूषणमा फेरि पनि काठमाडौँ शीर्ष स्थानमा, जनस्वास्थ्यमा गम्भीर असर

  •   १ वर्ष अघि | २७ चैत्र २०८१, बुधबार

काठमाडौँ, चैत २७ – वायु प्रदूषणको सन्दर्भमा काठमाडौँ उपत्यका आज पुनः विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचिमा पहिलो स्थानमा उक्लिएको छ।

‘एयर क्वालिटी इन्डेक्स (AQI)’ ले बुधबार बिहान ६:१५ बजे गरेको मापनअनुसार, काठमाडौँको एक्यूआई सूचकाङ्क १८४ पुगेको देखिएको छ, जुन अवस्था स्वास्थ्यका दृष्टिले अस्वस्थकर मानिन्छ।

दिल्ली र कम्पलालाई पछि पार्दै काठमाडौँ अगाडि

यसै सूचकाङ्कमा भारतको राजधानी दिल्ली १८० एक्यूआईसहित दोस्रो स्थानमा छ भने युगान्डाको कम्पला १५७ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ।

प्रदूषणको मुख्य कारण: धुलो र डढेलोको धुँवा

वातावरणविद्‌हरुका अनुसार लामो समयदेखि वर्षा नहुनु, शहरी धुलो, र उपत्यका आसपासमा भइरहेको डढेलोका कारण वायुमा धुँवाको मात्रा अत्यधिक बढेको छ। यसै कारण राजधानीको आकाश तुषारमय देखिन थालेको छ।

केही दिनअघि काठमाडौँको AQI ३५० नाघेर ‘अत्यन्तै खतरनाक’ तहमा पुगेको थियो। यद्यपि अहिलेको अवस्थामा केही कमी देखिए पनि प्रदूषण अझै पनि 'अस्वस्थकर' श्रेणीमै रहेको विज्ञहरू बताउँछन्।

स्वास्थ्यमा असर र नागरिकका लागि चेतावनी

स्वास्थ्य मन्त्रालयले वायू प्रदूषणको उच्च अवस्थाले श्वासप्रश्वास, दम, मुटु रोग, आँखा जलन, टाउको दुख्ने जस्ता समस्या निम्त्याउन सक्ने भन्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, र पुराना रोगीहरू जोखिममा पर्ने भएकाले बिहान र साँझको समयमा घर बाहिर ननिस्कन चिकित्सकहरूले सल्लाह दिएका छन्।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार…

— AQI ०–५० : सामान्य

— ५१–१०० : सावधानी अपनाउनुपर्ने

— १०१–१५० : संवेदनशील व्यक्तिमा असर

— १५१–२०० : सबैका लागि अस्वस्थकर

— २०१–३०० : अति अस्वस्थ

— ३०१–४०० : खतरनाक

— ४०१–५०० : अति खतरनाक

नीति तहको प्रतिक्रिया

वायुगुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ अनुसार, काठमाडौँ उपत्यकाको AQI ३०० नाघेमा त्यसलाई ‘वायूजन्य विपद्’ को अवस्था मानिने व्यवस्था गरिएको छ।

हावामा मिसिएको धुलो र धुँवाले गर्दा अहिले काठमाडौँको वातावरण सामान्य जीवनका लागि चुनौती बन्दै गएको छ। आवश्यक सतर्कता नअपनाए स्थिति झनै भयावह बन्ने

सम्भावना रहेको विज्ञहरूको चेतावनी छ।


  • Jigyasa media

थप