Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आगलागीमा परी चार वर्षीय बालकको ज्यान गयो .!

  •   १ वर्ष अघि | १२ बैशाख २०८२, शुक्रबार

तम्घास (गुल्मी), वैशाख १२ — गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–१ स्थित आखररुखमा शुक्रबार दिउँसो भएको आगलागीमा एक चार वर्षीय बालकको दुःखद निधन भएको छ।

स्थानीय गणेश नेपालीको दुईतले गोठमा लागेको आगोका कारण उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। ढुंगा र माटोले निर्मित गोठ आगलागीले पूर्णरूपमा जलेर नष्ट भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, बालबालिका खेल्ने क्रममा गोठमा आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। आगलागीको समयमा विवेककी दिदीले सहयोगको लागि गुहार गरेकी थिइन्। तर, विवेक भने गोठभित्रै लुकेर बसेको अवस्थामा थिए, जसको जानकारी समयमै नपाउँदा उनको ज्यान गएको धुर्कोट–१ का वडाध्यक्ष चेतमान कुँवरले जानकारी दिए।

आगलागीको विस्तृत कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राससबाट 

  • T

थप