Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

निर्णायक मोडमा शिक्षक आन्दोलन: आज बिहान सरकारसँग वार्ता

  •   १ वर्ष अघि | १३ बैशाख २०८२, शनिबार

काठमाडौं, वैशाख १३ – नयाँ शिक्षा ऐनको माग गर्दै विगत २५ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारले आज शनिबार बिहान निर्णायक वार्ता गर्ने भएका छन्। वार्ता बिहान ७:३० बजेका लागि शिक्षा मन्त्रालयले समय तय गरेको छ।

शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै शिक्षक प्रतिनिधिहरूलाई वार्तामा सहभागी हुन आग्रह गरेका थिए। मन्त्रालयले हिजो नै वार्ताको पहल गरे पनि सिंहदरबार प्रवेश पास अभावका कारण वार्ता हुन सकेन। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोली सिंहदरबारको गेटबाटै फर्किन बाध्य भएको थियो।

तर, उनीहरू फर्किएपछि शिक्षा मन्त्रालयका सहसचिव र डीएसपी पाससहित गेटमा पुगे पनि वार्ता सम्भव भएन। मन्त्रालयले वार्ता असफल हुनुको कारण प्राविधिक चुनौती भएको बताएको छ भने, शिक्षक नेताहरूले सरकारले वार्ताका लागि आफ्ना प्रतिनिधि तोक्न ढिला गरेका कारण वार्ता भाँडिएको प्रतिक्रिया दिएका छन्।

आन्दोलनको प्रभाव: शिक्षा क्षेत्र ठप्प

शिक्षक आन्दोलनको कारण विद्यार्थी भर्ना अभियानदेखि विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित बनेका छन्। कक्षा १२ को वार्षिक परीक्षा, जुन वैशाख ११ मा हुने तय गरिएको थियो, अब वैशाख २१ गतेका लागि सारिएको छ।

आन्दोलन समाधानका लागि आजको वार्ता निर्णायक बन्ने अनुमान गरिँदैछ। यदि सहमति जुटेन भने देशभरको शिक्षा प्रणाली थप संकटमा पर्ने देखिन्छ।

  • Jigyasanepal

थप