Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

  •   १ वर्ष अघि | ११ असार २०८२, बुधबार

Kathmandu । भारतको उत्तराखण्ड राज्यमा बन्धक बनाइएका ५८ जना नेपाली युवाको सफल उद्धार गरिएको छ। आकर्षक रोजगारीको प्रलोभनमा परेर भारत पुगेका यी युवालाई विभिन्न घरमा थुनेर राखिएको थियो। बुधबार उनीहरूलाई उद्धार गरी गड्डाचौकी नाकाबाट नेपाल फर्काइएको हो।

रुद्रपुरस्थित ३२ र कासिपुरमा २६ गरी जम्मा ५८ जना नेपाली युवा गिरोहको जालमा परेका थिए। ‘किन नेपाल–किन इण्डिया’ नामक नागरिक संस्था, भारतस्थित नेपाली दूतावास, नेपाल र भारतीय प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार सम्भव भएको हो।

प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार युवालाई घर घरमा बन्दी बनाएर राखिएको सूचना पाएपछि तुरुन्तै उद्धार अभियान अघि बढाइएको थियो। उद्धारपछि उनीहरूलाई बसमार्फत गड्डाचौकी ल्याइएको हो। हाल रोजगारीको नाममा तस्करी गर्ने गिरोहको खोजी र अनुसन्धान जारी रहेको उनले बताए।

गड्डाचौकीमा उद्धार गरिएका युवासँग कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) डम्बरबहादुर विश्वकर्मा स्वयं उपस्थित भई भेट गरेका थिए। सुदूरपश्चिमका ११ जनालाई तत्काल घर फर्काउने व्यवस्था गरिएको छ भने अन्य जिल्लाका युवाहरूका लागि अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ।

उद्धार गरिएका युवाहरू सुदूरपश्चिमका कैलाली र डोटीबाट ११ जना छन्। बाँकी ४७ जना युवाहरू चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, दाङ, बाँके, स्याङ्जा, धादिङ, कास्की, सर्लाही, रुकुम, बागलुङ, इलाम र रुपन्देही जिल्लाका रहेका छन्।

🌐 के भनिन्छ मानव तस्करहरूबारे?

यो घटनाले फेरि एक पटक नेपालबाट भारतसम्म सक्रिय मानव तस्करी गिरोहको क्रियाकलापको गम्भीरता उजागर गरेको छ। रोजगारीको नाममा युवालाई बहलाइफुसलाइ गरेर सीमापार पुर्‍याउने प्रवृत्ति अझै पनि

रोकिएको छैन।

  • Jigyasanepal

थप