Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

'संकल्प’ को लोकार्पण: निष्पक्ष पत्रकारिता र सकारात्मक सूचनाका पक्षमा सशक्त प्रतिबद्धता

  •   १ वर्ष अघि | १४ असार २०८२, शनिबार

असार १४, शनिबार, काभ्रेपलाञ्चोक ।

समाजवादी प्रेस संगठन नेपाल, काभ्रेपलाञ्चोकद्वारा प्रकाशित मुखपत्र ‘संकल्प’ आज एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ। सूचना र सन्देशको यात्रामा प्रेस संगठनको नयाँ प्रयासस्वरूप यो प्रकाशन सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले संकल्प माथि चर्चा गर्दै वर्तमान डिजिटल युगमा पुस्तक, पत्रपत्रिका र विचार–विमर्शयुक्त सामग्री पढ्नेजस्ता माध्यमहरूको आवश्यकता अझ बढेको बताउनुभयो। उहाँले समकालीन राजनीतिक अवस्थामाथि गहिरो टिप्पणी गर्दै विचारको संघर्षमा पत्रकारिताको भूमिकालाई अझ धारिलो बनाउन आग्रह गर्नुभयो।

❝पत्रकारिता निष्पक्ष हुनुपर्छ, न कि कुनै झण्डाको पुच्छर ❞

पोलिटब्युरो सदस्य तथा काभ्रे इन्चार्ज टोकबहादुर वाइबाले पत्रकारले समाजका हरेक तहका विषयवस्तु हेर्ने आँखा राख्नुपर्ने उल्लेख गर्दै  “पत्रकारिता न त जयजयकारको माध्यम हो, न त बदनाम गर्ने हतियार  यो त समाजको तीतो यथार्थ देखाउने ऐना हो,” भन्नुभयो।


बागमती प्रदेशका पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालले “अनलाइनको भीडमा आज पनि एउटा विचार बोकेको पुस्तक निकाल्नु आफैमा साहसिक कार्य हो,” भन्दै संकल्पप्रति आभार प्रकट गर्नुभयो। उहाँले नकारात्मक सूचनाहरूको छायाँमा सकारात्मक पहलहरू ओझेलमा परिरहेको बताउँदै, “मिडियाले आशाको धार बोकेर समाजमा उज्यालो छर्न सक्नुपर्छ,” भन्नुभयो।

नेतृत्व र सहभागिता

नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईंले पार्टी, विचार र संगठनभन्दा माथि उठेर सबै पत्रकारले देश र समाजका पक्षमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रम संगठनका अध्यक्ष दिनेशराज खरेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल, गोकुल गौतम, महासंघका सहसचिव त्रय, कार्यवाहक अध्यक्ष कपिल कोइराला, साथै प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, जनजाति पत्रकार महासंघलगायतका संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूले आ–आफ्नो धारणा राखेका थिए।

पत्रकारहरू, स्रष्टाहरू र नेतृत्वको उल्लेखनीय उपस्थिति

कार्यक्रममा समाजवादी प्रेस संगठनका महासचिव रोहित दाहाल, कोषाध्यक्ष भरतराज पोखरेल, वरिष्ठ पत्रकार बोधराज त्रिपाठी तथा काभ्रेका सक्रिय पत्रकारहरूसहित पार्टीका विभिन्न तहमा रहेकाहरूको बाक्लो उपस्थिति थियो।

  • Jigyasanepal

थप