Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बढी सतर्क रहनुस्! आज दिउँसोदेखि रातिसम्म यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

  •   १ वर्ष अघि | २१ साउन २०८२, बुधबार

साउन २१, २०८२, बुधबार | काठमाडौं

देशभर वर्षा झर्न सक्ने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले आजको दिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बुधवार दिउँसोदेखि रातिसम्म देशका विभिन्न भागमा पानी पर्ने सम्भावना प्रबल देखिएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे मौसम बुलेटिनअनुसार, आज कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।दिउँसो कस्ता रहन्छ मौसम ?

देशको पहाडी भूभागमा आज दिउँसो अधिकांश ठाउँमा आकाश बदली रहनेछ भने बाँकी भागमा सामान्य बदलीको अवस्था रहला।

विशेषगरी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशको पहाडी क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।

साथै, कोसी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भने भारी वर्षाको चेतावनीसमेत दिइएको छ।

रातिको मौसम अवस्था यस्तो हुनेछ :

देशभर साधारण बदली रहनेछ। कोसी प्रदेशसहित देशका पहाड भूभागका केही स्थानमा मध्यम वर्षा र तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

फेरि पनि कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।

🌧️ कस्तो वर्षालाई कति मिलिमिटर भनिन्छ ?

वर्षा प्रकार पानीको मापन (मिलिमिटर)

हल्का वर्षा १० मिमीभन्दा कम

मध्यम वर्षा १०–५० मिमी

भारी वर्षा ५०–१०० मिमी

धेरै भारी वर्षा १००–२०० मिमी

अति भारी वर्षा २०० मिमीभन्दा बढी

त्यस्तै, क्षेत्रफल अनुसार वर्षा कति ठाउँमा पर्छ भन्ने आँकलन:

एक–दुई स्थान: १०% भन्दा कम क्षेत्रमा

थोरै स्थान: १०% – ३०% क्षेत्रमा

केही स्थान: ३०% – ५०% क्षेत्रमा

धेरै स्थान: ५०% – ८०% क्षेत्रमा

अधिकांश स्थान: ८०% भन्दा बढी क्षेत्रमा

🚨 सावधानी अपनाउनुस्:

वर्षासँगै भू–स्खलन, नदी–नाला बढ्ने, बाटोघाटो बन्द हुने सम्भावना रहने भएकाले यात्रामा निस्कनु अघि मौसम अपडेट हेर्नुहोस्। नदी किनार, खोला तथा पहाडी क्षेत्रमा सतर्कता अपनाउनु अत्यावश्यक छ।

  • Jigyasanepal

थप