Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बागलुङमा रात्रि बस दुर्घटना: २१ जना घाइते

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

बागलुङ । रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको रात्रि बस बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाहुलेपानीमा बुधबार दिउँसो दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, दुर्घटनामा परेर २१ जना घाइते भएका छन्। सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले घटनास्थलमा प्रहरी टोली उद्धार कार्यमा संलग्न रहेको जानकारी दिएका छन्।

बसमा ४५ जना यात्रु सवार रहेको र घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको छ। घाइतेहरूको नामावली भने खुल्न बाँकी रहेको डीएसपी यादवले बताएकाछन्।


  • Jigyasa media

थप