Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

दुई बालकको नदीमा डुबेर मृत्यु

  •   २ वर्ष अघि | २३ भदौ २०८१, आइतवार

पर्सा, भदौ २३ - पर्साको जगरनाथपुर गाउँपालिका-५, मसिहानी टोल नजिकैको गंगोल नदीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। ऋषिपञ्चमीका दिन आमासँगै नदीमा नुहाउन गएका भारत बिहारका दुई बालकको निधन भएको हो।

मृत्यु हुनेहरूमा बिहारको बेनिया बनकटवाका १० वर्षीय गुलशन ठाकुर हजाम र सिक्टाका ८ वर्षीय अभिषेक पटेल रहेका छन्। दुवै बालक जगरनाथपुर-५ मसिहानीस्थित मावलीघरमा बस्दै आएका थिए।

आइतबार अपराह्न ४ बजे, गाउँका महिलाहरू ऋषिपञ्चमीका अवसरमा गंगोल नदीमा नुहाउन गएका बेला ती दुई बालक पनि आमासँगै नदीमा गएका थिए। महिलाहरू नुहाइरहेका बेला ती बालकहरू पनि नुहाउन नदीमा पसेका थिए, जसको क्रममा उनीहरू डुबेर बेहोस भए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार दुवै बालकको डुबेर मृत्यु भएको हो।

दुवै बालकको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप