Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बारपाककी सुचिनाको ह'त्या प्रकरण: अभियुक्तको स्वीकारोक्ति बयान

  •   २ वर्ष अघि | २६ मंसिर २०८१, बुधबार

गोरखा — बारपाककी १८ वर्षीया सुचिना घलेको ह'त्या अभियोगमा पक्राउ परेका शिक्षक मन सम्झेर गुरुङले आफ्नो अपराध स्वीकार गरेका छन्। बलात्कारको प्रयास असफल भएपछि हत्या गरेको अभियुक्तले प्रहरीमा बयान दिएका छन्।

जंगलमा भेटियो शव

मङ्सिर १५ गतेदेखि हराइरहेकी सुचिनाको शव मङ्सिर १८ गते मैखर्क जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो। गाउँले र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा उनको शव भेटिएको हो।

घटना विवरण

मंसिर १५ गते घाँस काट्न भनेर घरबाट निस्किएकी सुचिना साँझसम्म नफर्किएपछि परिवारले खोजी थालेका थिए। तर, उनी फेला नपरेपछि परिवारले बारपाक प्रहरी चौकीमा उजुरी दिएका थिए। खोजीका क्रममा प्रहरीले घटना स्थलमा सुचिनाको टोपी, डोको र नाम्लो भेटिएको आधारमा अनुसन्धानलाई तीव्र बनाएको थियो।

अभियुक्तको स्वीकारोक्ति

प्रहरीले मङ्सिर २५ गते शिक्षक मन सम्झेर गुरुङलाई पक्राउ गरेको थियो। उनले प्रहरीमा दिएको बयानमा बलात्कारको प्रयास असफल भएपछि सुचिनाको ह'त्या गरेको स्वीकार गरेका छन्। अभियुक्तले सुचिनालाई भुइँमा लडाएर मुखमा घाँस, माटो र गोबर कोचेर ह'त्या गरेको बताएका छन्।

अनुसन्धान प्रक्रिया

घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको थियो। अभियुक्तलाई पक्रने र घटनाको प्रमाण जुटाउन नौ दिनसम्म लगातार खोजी कार्य भएको थियो।

पत्रकार सम्मेलन

जिल्ला प्रहरी कार्यालय गोरखाले मंगलबार अभियुक्तलाई सार्वजनिक गर्दै घटनाको विस्तृत विवरण दिएका छन्। प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यानको मुद्दा दर्ता गरिएको छ।

समुदायको सहयोगमा अनुसन्धान

प्रहरीले बारपाकका स्थानीयवासीलाई अनुसन्धानमा सहयोग गरेकोमा धन्यवाद दिएको छ। अब, घटनाबारे थप अनुसन्धान जारी रहेको र दोषीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

बारपाकको यो ह'त्याकाण्डले महिलाको सुरक्षासम्बन्धी प्रश्नलाई थप गम्भीर बनाएको छ। यस्तो प्रकारका घटनालाई रोक्न कानून कार्यान्वयनको प्रभावकारिता र सामाजिक सचेतनामा बल दिन आवश्यक छ।


  • Jigyasa media

थप