काठमाडौँ, साउन ७ । आज (बुधबार) पनि देशका विभिन्न भू–भागमा मेघगर्जनसहित वर्षा हुने प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार विशेष गरी कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना बढी देखिएको छ।
दिनको समयमा ती प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
बागमती र गण्डकीका एक-दुई स्थानमा भने भारी वर्षा को जोखिम रहेको छ।
रातको समयमा पनि देशका सबै प्रदेशमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कुन वर्षा कति मिलिमिटर?
१० मिमि भन्दा कम : हल्का वर्षा
१०–५० मिमि : मध्यम वर्षा
५०–१०० मिमि : भारी वर्षा
१००–२०० मिमि : धेरै भारी वर्षा
२०० मिमि भन्दा बढी : अति भारी वर्षा
📍 "केही", "थोरै", वा "अधिकांश" स्थान भनेको के?
एक-दुई स्थान = सम्भावित क्षेत्रको १०% भन्दा कम भू–भाग
थोरै स्थान = १०% देखि ३०% क्षेत्र
केही स्थान = ३०% देखि ५०%
धेरै स्थान = ५०% देखि ८०%
अधिकांश स्थान = ८०% भन्दा बढी
सतर्कता आवश्यक!
आजको दिन खासगरी बागमती र गण्डकी प्रदेशका बासिन्दाहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ। स्थानीय बाढी, पहिरो र अवरुद्ध बाटोको जोखिम रहन सक्ने भएकाले यात्रा योजना बनाउँदा पूर्वतयारी गर्न महाशाखाले सुझाव दिएको छ।
> ☑️ सावधानी अपनाऔं, सुरक्षित रहौं।
-
Jigyasanepal