Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

बादल फूट्दा कम्तीमा १७ जनाको मृत्यु

  •   १ वर्ष अघि | २९ साउन २०८२, बिहिबार

काठमाडौं — जम्मू–कश्मीरको किश्तवाड जिल्लामा रहेको मचैल माता मन्दिर नजिकै बिहीबार बिहान बादल फूट्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

हिमालय क्षेत्रमा अवस्थित माता चण्डी मन्दिरको यात्राका क्रममा चिशोती क्षेत्रमा बिहानै आएको प्रलयकारी वर्षा र बाढीका कारण दुर्घटना भएको हो। घटनामा अहिलेसम्म ५० जनालाई जीवितै उद्धार गरिएको छ भने अन्यको खोजी कार्य जारी छ।

दुर्घटनापछि राहत तथा उद्धार टोली तत्काल घटनास्थल पठाइएको छ। स्थानीय प्रशासन, सेना र आपत्कालीन सेवाहरूले ठूलो मात्रामा उद्धार अपरेशन सञ्चालन गरिरहेका छन्।

भारतका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले चिशोतीमा भएको घटनाले ठूलो मानवीय क्षति हुन सक्ने आशंका व्यक्त गर्दै, "प्रशासन पूर्ण रूपमा सक्रिय छ र उद्धार टोली आवश्यक सबै उपकरणसहित घटनास्थलमा पुगेका छन्," भनेका छन्।

प्रभावित क्षेत्र अहिले पूर्ण सतर्क अवस्थामा राखिएको छ भने यात्रुहरूलाई असुरक्षित स्थानमा जान निषेध गरिएको छ।

  • Jigyasanepal

थप