Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बेमौसमी वर्षाले धान बालीमा क्षति, किसानहरू समस्यामा

  •   २ वर्ष अघि | २० कार्तिक २०८१, मङ्लबार

काठमाडौँ, २० कार्तिक। सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेका किसानहरूको धान बालीमा ठूलो क्षति पुर्याएको छ। किसानहरूले काटेर खेतमै सुकाएको धानको बाला रुखिन गएका छन् भने, काट्नका लागि तयार गरिएको धान खेतमा नै झरिरहेको छ। नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले यस विषयमा जानकारी दिँदै भने, "वर्ष दिनसम्म खाने धानको बाली वर्षाले भिजाएर क्षति पुर्याएको छ।"

उनले २ बिघा खेतमा लगाएको मसिनो जातको धान काट्ने बेला आएको वर्षाले ठूलो क्षति पुर्याएको बताए। "केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेको हुँदा डराइरहेका किसानलाई यो वर्षाले निराशा दिएको छ," उनले भने।

नेपालगञ्ज–१७ थुकैलागाउँकी किसान मायावती यादवले पनि वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताइन्। उनले भनिन, "धान काटेको तीन दिन भयो, दीपावली मनाएर घर लैजाने सोचको थिएँ, तर पानीले सबै धान र पराल नष्ट गरिदियो। अब केही काम लाग्दैन।"

बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानहरूलाई चिन्तित बनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले भने, "अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई ठूलो क्षति पुर्याएको छ।"

उनले थपे, "हामीले के कति क्षति भएको छ भन्ने तथ्याङ्क सङ्कलनमा काम गरिरहेका छौँ। बाँकेमा छिटो पाक्ने धान किसानहरूले स्याहारिसकेका छन्, तर ढिलो पाक्ने धान भित्र्याउने बेलामा क्षति पुगेको छ।"

घिमिरेका अनुसार, बाँकेका अधिकांश किसानले छिटो पाक्ने धान रोपिसकेका छन् र अहिले गहुँ र तोरी खेतीका लागि खेत तयारी गरिरहेका छन्। यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको थियो, तर बेमौसमी वर्षाले यसमा क्षति पुर्याएको छ ।


  • Jigyasa media

थप