Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

१०३ च्यांग्रासहित तीन जना बेपत्ता

  •   २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार

जोमसोम, असोज ३, २०८१ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ निवासी ताक्ला गुरुङका १०३ वटा च्यांग्रासहित तीन जना व्यापारी पोखराबाट बेपत्ता भएका छन्। गुरुङले दसैंको लागि बेच्न राखेका च्यांग्रालाई पोखरामा पुर्‍याएपछि, बिना भुक्तानी ती व्यापारीहरू सम्पर्कविहीन भएका हुन्।

मुना नामका एक मुख्य व्यापारी र उनका दुई सहयोगीले बिहीबार बिहान ४ बजे ताक्ला गुरुङको १०३ च्यांग्रा लोड गरेर पोखराबाट भागेका हुन्। गुरुङले बताए अनुसार ती व्यापारीहरूले च्यांग्राको भुक्तानी पोखरामा गर्ने वाचा गरे पनि च्यांग्रा बेच्नासाथ सम्पर्कविहीन भएका छन्।

च्यांग्रा बिक्रीका लागि पोखरा पुगेपछि ताक्ला गुरुङले व्यापारी मुनासँग सहमति गरेका थिए। च्यांग्रा ट्रकमा लोड गरी पोखराको हेम्जा क्षेत्रमा अनलोड गर्दा ८–१० च्यांग्रा निस्सासिएर मरेका थिए। त्यसपछि व्यापारीले मरेका च्यांग्राहरूको व्यवस्थापन गर्न भन्दै ताक्लालाई होटलमा पर्खिन लगाएका थिए। तर, केही समयपछि व्यापारीहरू सम्पर्कमा नआएपछि गुरुङले आफू ठगिएको महसुस गरे।

ताक्लाले आफूले च्यांग्राबाट ३८ लाख ११ हजार रुपैयाँको नोक्सान व्यहोर्नुपर्ने बताउँदै, व्यापारीहरूबाट ठगी भएको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्। प्रहरी अहिले बेपत्ता व्यापारीहरू र च्यांग्राहरूको खोजीमा जुटेको छ।

ताक्लाले विगतमा च्यांग्रा गोठमै बिक्री गर्ने गरेको र यस पटक व्यापारीहरूको "वीआईपी" व्यवहार र सुकिलो रूप देखेर विश्वास गर्दा ठगिएको बताएका छन्।


  • Jigyasa media

थप